Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चौदण्डिगढी नगरपालिकाले सार्वजनिक ग¥यो एक बर्षको प्रगति

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ ११ २०८०
चौदण्डिगढी नगरपालिकाले सार्वजनिक ग¥यो एक बर्षको प्रगति

उपहार न्यूज
उदयपुर जेठ ११
उदयपुरको चौदण्डिगढी नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए पछि कार्यकाल सम्हालेको एक बर्ष पुरा भएको अबसरमा एक बर्षमा गरेको काम सार्वजनिक गरेको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट चौदण्डिगढी नगरपालिकामा कालुमान लामा नगर प्रमुख र मणिकादेवी दुलाल उप प्रमुखमा निर्वाचित हुनु भएको थियो ।
बिहिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले एक बर्षमा नगरपालिकाले गरेका मुख्य मुख्य उपलब्धीको बिषयमा जानकारी गराएको हो । नगरपालिको संघिय सरकार मार्फत विभिन्न योजनाहरु संचालन गरेको छ । नगरपालिकाले स्थानिय स्तरमा आफ्नो बजेट तथा कार्यक्रम मार्फत कृषि, शिक्षा र बजार व्यवस्थापन मुख्य उपलब्धीको रुपमा हासिल गरेको नगर प्रमुख कालु लामाले बताउनु भयो ।
नागरिक माझ गरिएको प्रतिबद्धता अनुरुप एक वडा एक ट्रस पुल अवधारणा अनुसार ९ वटा ट्रष्टब्रिज, ७ वटा मोटोरेवल पुल, ७ हजार ८ सय मिटर सडक कालोपत्रे, १३ किलोमिटर नयाँ सडक ट्रयाक खोल्ने, नगर प्रोफाइल तयारी, सडक यातायातको गुरु योजना तयारी, पंचबर्षिय आवधिक योजना तयारी, चौदण्डीगढी दरबारको डिपिआर, नगरको बजार क्षेत्रहरुमा १२ वटा टावर लाइट जडान सहित नगर भरी विद्युतका काठेपुल हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ६ वटा सिचाई आयोजना, ९ वटा डिपबोरिङ, २२ किलोमिटर ग्राभेल, एउटा स्वास्थ्य चौकी भवन निर्माण, १० वटा खानेपानी आयोजना गरेको छ । त्यसैगरी ४ वटा विद्यालय भवन निर्माण, नगरका बजारक्षेत्रमा इन्टरलक इटा राख्ने काम, कृषि बजार व्यवस्थपन, बजार क्षेत्रका अनाधाकृत संरचना हटाइएको जनाएको छ ।


नगरका तीन स्थानमा तटबन्ध निर्माण, नगर भित्रका २ हजार २ सय ३५ जनाको आँखाको निशुल्क परिक्षण तथा २२५ जनाको निःशुल्क आँखा अप्रेशन, नगरका दुई क्याम्पसमा पूर्णकालिन क्याम्पस प्रमुखको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मृगौला प्रत्यारोपण, डाइलासिस, क्यान्सर र मेरुदण्डको पक्षघातका विरामीलाई मासिक ५ हजारका दरले ६४ जनालाई नगरिपालकाले निरन्तर विरामीको खातामा औषधि उपचार उपलब्ध गराउदै आएको छ । नगरपालिकाले व्यवस्थापनमा विभिन्न राष्ट्रिय खेलहरुको आयोजना सम्पन्न गरेको छ जनाएको छ । त्यसैगरी न्यायिक समितिमा दर्ता भएको ५४ वटा मुद्धा मध्य २१ वटा मिलापत्र भएको ३३ वटाको छलफल हुन बाँकी रहेको जनाएको छ । यता गरीबि निवारण तर्फ लघु उद्यम कार्यक्रम मार्फत २१३ जना उद्यमी उत्पादन, प्राविधिक शिप विकास तालिम अन्तर्गत सिलाईकटाई, सौन्दर्य कलासिप, ढाकाबुनाई, बङगुर पालन, ड्राईभिङ शिप विकास, मोटरसाईकल मर्मत गरि विभिन्न तालिम ४०८ जना लाभान्वित भएका छन् । त्यसैगरी अपाङगता भएका १७ जनालाई ह्विल चेयर वितरण, अपाङगता भभ्एका ७० जनालाई परिचयपत्र वितरण लैंगिक हिंसाबाट पीडित ४ जनालाई स्वास्थ्य उपचारका लागि ६५ हजार उपलब्ध गराएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल र नगर प्रबक्ता तथा ९ नम्बर वडा अध्यक्ष प्रकास राउतले प्रगती प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले आफुहरुले निर्वाचनको समयमा जनता माझ गरेको प्रतिवद्धता बमोजिमको कामलाई बजेट निति तथा कार्यक्रममा समावेश गरेर संचालन गर्ने बताउनु भएको थियो ।

Last updated:2023 May 25 Thursday 10:29:41

प्रतिक्रिया
सम्बन्धित समाचार