Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एमविविएस पढ्नलाई ताप्ली गाउँपालिकाको छात्रवृत्ति आव्हान (सूचना सहित)

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ ९ २०८०
एमविविएस पढ्नलाई ताप्ली गाउँपालिकाको छात्रवृत्ति आव्हान (सूचना सहित)

उपहार न्यूज
उदयपुर जेठ ९
ताप्ली गाउँपालिका उदयपुरले एमविविएस अध्यान गर्नका लागि छात्रवृत्तिको आव्हान गरेको छ । गाउँपालिकाले जेठ ५ गते प्रथम पटक सूचना प्रकाशित गर्दै एक जनालाई एमविविएस अध्यायनको लागि छावृत्तिको आव्हान गरेको हो । चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमविविएसको प्रवेश परिक्षामा उत्तीर्ण कुनै पनि विश्वविद्यालयमा अध्ययानको लागि छनौट भएका एक जनालाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्न लागेको हो । गाउँपालिकाको छात्रवृत्ति तथा प्रोत्साहन वितरण संबन्धि कार्यविधि २०७९ मा व्यवस्था भए बमोजिम मापदण्ड पुरा भएकालाई गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने गाउँपालिका उपाध्यक्ष धनम मगरले जानकारी दिनु भयो । उपाध्यक्ष मगरको अनुसार छात्रवृत्ति पाउनका लागि ताप्ली गाउँपालिकाको स्थानिय नागरिक हुनु पर्ने र एमविविएस अध्यायन पुरा गरे पछि ५ बर्ष सम्म गाउँपालिकामानै सेवा दिनु पर्ने शर्त सहित गाउँपालिकाले छात्रवृत्तिको आव्हान गरेको उहाँले बताउनु भयो । उपाध्यक्ष मगरको अनुसार पालिकाले बर्षेनी छात्रवृत्तिको आव्हान गर्ने र भविष्यमा विकट मानिएको पालिका नागरिकलाई स्वास्थ्य सेवा दिनको लागि यस्तो कदम चालिएको बताउनु भयो ।

Last updated:2023 May 23 Tuesday 13:51:10

प्रतिक्रिया
सम्बन्धित समाचार