Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता संबन्धि २ दिने अभिमुखिकरण सुरु

  • उपहार न्यूज
  • बुधबार, बैशाख २७ २०८०
नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता संबन्धि २ दिने अभिमुखिकरण सुरु

बिज्ञान पराजुली
गाईघाट बैशाख २७
नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी जनतेतना जगाउने उदेश्यको साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ ले बुधबारबाट २ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । वडाको सभाहलमा आयोजित उक्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले अझैपनी गाउँ टोल र आम जनतामा कानुनी प्रक्रिया लगाएतको कुरामा ज्ञान नहुदा समस्या आइपर्ने बताउनु भयो । उहाले कार्यक्रमका सहभागीलाई नागरिक्ता बनाउन के कस्तो कानुनी प्राबधान , सामाजिक सुरक्षा र घटना दर्ता समन्धमा आफ्नो आफ्नो हक अधिकार प्रयोग गर्न कानुनले तोकेको समयसिमा साथै कानुनमा बर्जित के के गर्न हुदैन भन्ने कुराको चर्चा गर्नु भयो । वडा नम्बर २ का वडा अध्यक्ष घमानसिंह खत्री धुर्बले आफ्नो वडामा पनि त्यस्ता केही कानुनी प्राबधानका कारण नागरिक्ता सामाजिक सुरक्षा भत्ता र घटना दर्ता हुन नसकेको जानकारी दिदै समस्या समाधानको लाई माथिल्लो निकायबाटै पहल हुनुपर्ने धारण राख्नु भयो ।
साथै उहाले भावनात्मक रुपमा सेवा दिन मन भएपनी कानुनत भन्दा माथी गएर आफुले हालसम्म कुनै कार्य नगरेको दाबी गर्नु भयो । २ दिन सम्म संचालन हुने उक्त कार्यक्रममा, त्रियुगा नगरपालिका पञ्जिकरण शाखा प्रमुख शिरोमणि खतिवडाले सहजीकरण गर्नु भएको छ । वडा नम्बर २ का टोल बिकास सस्थाका प्रतिनिधि ,स्थानीय महिला समूह , युवासमूह बुद्धिजिवि, पत्रकार वडाका कर्मचारी लगाएत ५० जनाको सहभागीता रहेको छ । उक्त कार्यक्रमका सहभागीलाई कार्यक्रमबाट आफुले सिकेको र बुझेका कुरा आफ्नो घर परिवार टोल समुदायमा पनि सिकाउन बुझाउन पञ्जिकरण शाखा प्रमुख खतिवडाले आग्रह गर्नु भयो ।

Last updated:2023 May 10 Wednesday 13:55:50

प्रतिक्रिया
सम्बन्धित समाचार