Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साइवर सचेतना संबन्धि कार्यक्रम सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, बैशाख २५ २०८०
साइवर सचेतना संबन्धि कार्यक्रम सम्पन्न

बिज्ञान पराजुली
गाईघाट बैशाख २५
पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यस्लाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र(नेस्पेक) उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न २ को सहयोगमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा जिल्लामा प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फयुलले हिजो आज इन्टरनेटको लत भयंकर बस्ने गरेको र त्यस्लाइ सहि सदुपयोग गर्न नसक्दा साइवर अपराधको घटना बढ्ने गरेको बताउनु भयो । प्रहरी उपरिक्षक फुयालले सामाजिक संजालको दुरुपयोग गरी विभिन्न प्रलोभनमा पार्ने गिरोहरु सक्रिय रहेकोले कोहि कसैले चिठ्ठा, उपहार परो भनी कसैले ब्यक्तिगत बिवरण मागे त्यस्ता कुराको बिश्वास नगर्न आग्रह गर्नु भयो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष घमानसिङ खत्री (धुर्ब)ले त्रिनपाको २ नम्बर वडा लागू पदार्थ ओसारपसारको ट्रान्जिन्ट पोइन्ट जस्तो भएकोले शान्ती सुरक्षामा चुनौती रहेको भन्दै आफ्नो वडामा सुरक्षा प्रबन्धका लागि विशेष पहल गरिदिनु हुन आग्रह गर्नुभयो । साइवर अपराधमा संचारको उत्तिकै भुमिका हुने भन्दै पत्रकार महासङ्ग उदयपुरका अध्यक्ष भरत खड्काले , सामाजिक सन्जाललाई राम्ररी बुझ्न नसके त्यस्ले ठूलो समस्या आइपर्ने बताउनु भयो । अध्यक्ष खड्काले कोहि कसैले पनि हतारमा कोहि कसैप्रती टिप्पणी नगर्न आग्रह गर्नु भयो । जनचेतनाको अझै कमि रहेको भन्दै उहाँले यस्ता कार्यक्रम विशेषगरि किसोर किशोरी लक्षित गरि बिद्यालय, गाँउ टोल समुदायमा सन्चालन गर्दा अझ प्रभाकारी हुने धारणा राख्नु भयो । २०५३ सालदेखी सामाजिक सेवामा कार्य गर्दै आएको नेस्पेक उदयपुरले बाल हेल्पलाइन १०९८ निःशुल्क रुपमा संचालन गरेको सस्थाका अध्यक्ष एवम् त्रिनपा २ का वडा सदस्य अर्जुन पोखरेलले जानकारी दिनुभयो । वडा नंं. २ को सभाहलमा भएको कार्यक्रममा टोल बिकास सस्थाका प्रतिनिधि, स्थानीय बुद्दिजिवी पत्रकार, सुरक्षाकर्मी बिध्यार्थी लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले ट्राफिक नियम, दुर्घटना न्यूनीकरण , सडक र सवारी बारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।

Last updated:2023 May 08 Monday 14:01:30

प्रतिक्रिया
सम्बन्धित समाचार