Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा पूर्वमन्त्री गोपाल किराँती आएर गठन गरे ‘किरात जनगणराज्य मोर्चा’

  • उपहार न्यूज
  • शनिबार, बैशाख ९ २०८०
उदयपुरमा पूर्वमन्त्री गोपाल किराँती आएर गठन गरे ‘किरात जनगणराज्य मोर्चा’

उदयपुर । अहिले प्रदेश नामाङ्करणपछि तत्कालिन प्रदेश १ अशान्त छ । दिनहु आन्दोलन र र्‍यालीहरु भइरहेका छन् । अझ आन्दोलनकै क्रममा प्रहरीको लाठी प्रहारबाट एक जनाको ज्यान गएदेखि आन्दोलनरत पक्षको संघर्ष चर्किएर गएको छ ।

यसैबीच कट्टर पहिचान र संघीयताबादी नेताको रुपमा चिनिने पूर्वमन्त्री गोपाल किराँतीले उदयपुर सदरमुकाम गाईघाटमा पुगी ‘किराँत गणराज्य मोर्चा’ गठन गरेका छन् । बिभिन्न जातीय मोर्चा तथा संघसंस्थाहरु राजनीतिकरण भएर कमजोर बन्दै गएको बेला पूर्वमन्त्रीले प्रदेश पुनः नामाङकरणलगायतको मुद्धालाई सांगठानिक रुपमै टेवा पुर्‍याउन संगठन बिस्तार थालेका हुन् ।

सदरमुकाम गाईघाटस्थित होटल टाउन हलको सभाहलमा शनिबार तत्कालका लागि १६ सदस्यीय कार्यसमिति गठन भएको छ । जसको नेतृत्वमा मिनबहादुर राई रहेका छन् । समितिको कोर संख्या भने २५ रहने तोकिएको छ । बाँकीलाई पछि थप गरिने बताइएको छ ।

जिल्ला जिल्लामा गठन हुँदै आएको सो मोर्चाले नामाङ्कीत कोशी प्रदेश खारेजी र पहिचान समेटीने नामका लागि जारी संघर्षको पक्षमा समर्थन गर्ने मोर्चाका अभियानता पूर्वमन्त्री किराँतीले कार्यक्रममा जानकारी गराए । ‘पहिचानको आन्दोलनलाई सघाउन मोर्चा सधै तयार छ’ किराँतीले भने, ‘संगठित आवाजबाट ‘कोशी’को खारेजी र पहिचानमूलक पुनःनामाङ्करण हुनेमा हामी विस्वस्त छौँ ।’ उदयपुरभन्दा अघि सो मोर्चा पूर्वको अन्य बिभिन्न ५ जिल्लामा यसअघि नै गठन भइसकेको छ ।

तत्कालिन बिद्रोही माओबादीले उठान गर्न सिकाएको ‘पहिचान मुद्धा’ अहिले स्वयं उनीहरु राज्यको बागडोर सम्हाल्दै गर्दासम्म पनि सुनुवाई नहुँदा आफूहरु प्रयोग मात्र भएको बिभिन्न जातीय संघसंस्थाका अगुवाहरुको गुनासो छ । तत्कालिन प्रदेश १ नामाङ्करणको विषयमा भएको छलफलदेखि पक्ष बिपक्षको चुनावसम्म माओबादीले चासो नदेखाएको घटनापछि पहिचानबादीहरु दलहरुबाट धोका भएकाले आफ्नै सांगठनिक शक्ति बिस्तार गरी अधिकारको लडाईमा होमिने शंकेत देखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार