Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सप्पन्न

  • उपहार न्यूज
  • बुधबार, चैत्र २९ २०७९
महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी २ दिने अभिमुखिकरण सप्पन्न

विज्ञान पराजुली
त्रियुगा चैत २९
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर –२ मा महिला हिंसा र ब्यक्तिगत घटना समम्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को सहयोग र महिला समितिको आयोजनामा वडाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै, कार्यक्रमको प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले गाउँ समाजमा हुने हिंसाका घटना न्यूनीकरण एबम स्थानीय सरकारबाट भैरहेको सेवालाई अझ प्रवाभकारी बनाउन यस्ता कार्यक्रम आयोजना हुनु गौरवको कुरा भएको बताउनु भयो ।
।सोही कार्यक्रममा बोल्दै २ नम्बर वडाका अध्यक्ष घमानसिङ खत्री ध्रुबले, स्थानीय सरकारबाट प्रदान भैरहेको सेवामा केही कानुनी अडचनका कारण आफ्नो वडाका केही ब्यक्तिहरु सेवा लिनबाट बन्चित भएको बताउदै त्यस्ता समस्या समाधानका लागि संघीय सरकार र समन्धित निकायले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । वडाका प्रत्येक टोल बिकास सस्थाका प्रतिनिधि , स्थानीय महिला समूह , आमा समूह, बुद्धिजीवी ,पत्रकार लगायत सहभागी उक्त कार्यक्रमको सहजीकरण त्रियुगा नगरपालिका पञ्जिकरण शाखा प्रमुख शिरोमणि खतिवडाले गर्नुभएको थियो । कार्यक्रम महिला समितिका हिरा खतिवडा पराजुलीको अध्यक्षतामा सप्पन्न भएको हो ।

Last updated:2023 Apr 12 Wednesday 09:32:11

प्रतिक्रिया
सम्बन्धित समाचार