शंकर रिखाम मगर उदयपुर, चैत २४। उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्वर ७, स्थित नव ज्योती सामुदायिक वनको सभा हलमा १ दिवसिय सव डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी डिभिजन वन कार्यलय त्रीवेणी कटारीको आयोजनामा सम्पन्न गरेकोछ । उक्त गोष्ठिमा नव ज्योती सामुदायिक वन उपभोक्ता समूह रौतामाइ,७ राजावासको अध्यक्ष नेत्रवहादुर खड्काको अध्यक्षतामा सन्चालन गरिएकोथियो भने सव डिभिजन वन कार्यलय भुट्टारका प्रमुख गिरिराज पोखेरेलले कार्यक्रम सन्चालन गरेकाथिए । उक्त कार्यक्रममा प्रमुख अतिथी डिभिजन वन कार्यलय कटारीका सहायक वन अधिकृत हिराला शर्मा, विशेष अतिथीमा सव डिभिजन वन कार्यलय नेपालटारका सहायक वन अधिकृत देवचन्द्र गोइत र नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्य समिती सदस्य शंकर रिखाम मगर सहितको उपस्थिति रहेकोथियो । गोष्ठिमा छिमेकी सामुदायिक वनहरु हुँदै सव डिभिजन वन कार्यलय र डिभिजन वन कार्यलय तथा स्थानिय निकाय लगाएतका सम्वन्धित अन्य सहयोगी निकायहरु संग सहयोग मागगरि पर्यावरण पर्यटकिय क्षेत्र वनाउने आगामी वार्षिक कार्यक्रम नव ज्योती सामुदायिक वनका सह सचिव मातृका दाहालले प्रस्तुती गरेकाथिए । त्यसैगरी वन समुहमा रहेको हरेक गतिविधी लगाएत गर्नुपर्ने काम तथा कर्तव्यहरु कसरी अगाडि वढाउने यसलाइ सव डिभिजन वन कार्यलय लगायत डिभिजन वन कार्यलय मार्फत रहेर काम गर्ने र नजानेका कुराहरु सिक्दै कार्य अगाडि वढाउने उदेश्य सहित आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रमको काम र खर्चको विवरण डुम्रीथुम्का आदर्श महिला सामुदायिक वनका अध्यक्ष चोककुमारी मगरले प्रस्तुती गरेकी थिइन । उक्त गोष्ठिमा रौतामाइ,७ का नव ज्योती, रौतारानी, जाल्मे, अन्नपुर्ण, रानिधारा, पुवारे, लक्ष्मी र डुम्रीथुम्का महिला आदर्श वन समूह गरि ८ सामुदायिक वन समुहका ७ महिला र १२ पुरुष गरि १९ जनाले सहभागिता जनाएकाथिए । उक्त गोष्ठिमा वार्षिक कार्यक्रम के हो ?कसरी वनाइन्छ ? कार्यक्रम वनाइ कुन कुन तह तथा निकायहरुमा पेश गर्ने ? सामुदायिक वनले के कस्ता कामहरु गर्ने ? सव डिभिजन वन कार्यलयले के कस्ता कामहरु अगाडि वढाउछ र डिभिजन वन कार्यकयले कस्ता कामहरु गर्दै सहजता ल्याउने भन्ने वारेमा डिभिजन वन कार्यलय त्रीवेणी कटारीका वन अधिकृत हिरालाल शर्मा र सव डिभिजन नेपालटारका सहायक वन अधिकृत देवचन्द्र गोइतले गिष्ठी सहजिकरण गरेकाथिए । कार्यक्रममा नव ज्योती सामुदायिक वन समुहले २ सय ७३ घरधुरी रहेको समुदायमा हाल २ सय ३८ घरधुरिलाइ स्वच्छ पिउने पानीको व्यवस्था गरि सकेकोछ भने वाकी ३५ घरधुरी रहेको वताउदै हाल भवनको घेरावेरा सम्पन्न भइ केही वर्षमा उदयपुर जिल्लाको नमुना सामुदायिक वन पहिचान गराउने भावी योजना रहेको नव ज्योती सामुदायिक वनका अध्यक्ष नेत्रवहादुर खड्काले समापन गरेकाथिए ।