Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा कटारी न.पामा फैलिएको डेंगु पछिल्लो तथ्यांक अनुसार बिरामीको संख्या ४७ पुग्यो

  • उपहार न्यूज
  • आइतबार, भाद्र ८ २०७६
उदयपुरमा कटारी न.पामा फैलिएको डेंगु पछिल्लो तथ्यांक अनुसार बिरामीको संख्या ४७ पुग्यो

उपहार न्युज
उदयपुरको कटारी नगरपालिकामा फैलिएको डेंगु नियन्त्रण भन्दा बाहिर गएको छ । दैनिक २–३ जनाको संख्यामा देखिएका बिरामी शुक्रबार एकै दिन बढेर १० जना पुगेका छन्। पछिल्लो तथ्यांक अनुसार जिल्लामा डेंगुका बिरामीको संख्या ४७ जना पुगेको छ । बिरामीको संख्या दिन दिनै बढ्दै गएपछि सरकारी निकायबाट भइरहेको प्रयास समेत विफल हुँदै गएको बताईएको छ। नियन्त्रणका लागि कटारी नगरपालिकाले अभियान नै थाले पनि रोग नियन्त्रणमा आउन नसकेको पालिकाले जनाएको छ ।
पालिका लगायत सम्पूर्ण निकाय नियन्त्रण अभियानमा लागि परेपनि सफलता हात पार्न मुस्किल परिरहेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनु भएको छ । डेंगुले महामारीको रुप लिए पछि प्रदेश र केन्द्रिय सरकार मातहतका निकायलाई जानकारी गराउँदा समेत वेवास्ता गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश खकुरेलले जानकारी दिनुभएको छ । उहाँले इपीडी मीयोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराई सहयोग मागे पनि सबै बजेट स्थानीय तहमा पठाई सकिएकाले उतै समन्वय गर्नु भन्ने जवाफ आएको बताउनु भएको छ । साथै उपचार गर्ने डाक्टरलाई नै डेंगु रोग देखापरे पछि उदयपुरको कटारी आसपासका क्षेत्रमा त्रास फैलिएको हो। जिल्लाभर डेंगुका बिरामी ४७ जना पुगेका मध्ये कटारी क्षेत्रमा मात्रै ४२ जनामा डेंगु रोगको सक्रंमण देखा परेको छ ।

Last updated:2019 Aug 25 Sunday 18:35:40

प्रतिक्रिया
सम्बन्धित समाचार