Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका दुई युवाले काठमाडौंमा मोवाईल लुटेपछि पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, फाल्गुन ४ २०७९
उदयपुरका दुई युवाले काठमाडौंमा मोवाईल लुटेपछि पक्राउ

उदयपुर । उदयपुरका दुई जना युवकलाई मोवाईल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि यातायात व्यवसायीले काठमाडौंमा गरेको आन्दोलनमा सहभागी भएका ती दुई युवकले गंगबुस्थित लोत्से महलमा मोवाइर्वल पसल लुटपाट गरेको प्रमाण भेटिएपछि उनीहरुलाई दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पछिल्लो समय पक्राउ पर्ने बिभिन्न १५ जना मध्ये उदयपुरका दुई जनाको पहिचान खुलेको हो । मोवाईल पसल लुटपाट गरिरहेको समय सीसी क्यामेरामा अनुहार रेकर्ड भएपछि सोही आधारमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंस्थित तार्केश्वर बस्दै आएका ३० वर्षीय ‘भेना’ भनिने रितेष बस्नेत रहेका छन् , त्यस्तै जिल्लाकै उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ढुंगेधारा बस्दै आएका राजन राउत समातिएका हुन् ।

प्रहरी प्रमुख कार्कीका अनुसार रितेष ज्याला मजदुरीको काम गर्दै आएका थिए । अर्का २७ वर्षीय राउत भने सार्वजनिक बसको सहचालकको रुपमा काम गर्दै आएका छन् । आन्दोलनकारीको रुपमा गएर मोवाईल पसल लुटपाट गर्ने ती दुवैजना निकै लामो समयदेखि काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । राउत र बस्नेत यस्तै अन्य घटनामा समेत संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यातायात मजदुरले संघले माघ १ गते काठमाडौँस्थित माछापोखरीमा ट्राफिक कारबाहीको बिषयलाई लिएर आन्दोलन गरेक थिए । सो घटनामा आन्दोलनकारीको भेषमा रहेका मोवाईल लुटेराहरुले एक थान प्रहरी भ्यानमा आगजनी गरेका थिए भने अर्कोलाई सिसा फुटाएर क्षति पुर्‍याएका थिए । सीसीटीभी फुटेजको अध्ययनमा अधिकांश बसका चालक र सहचालक नै संलग्न रहेको पाइएको छ ।

यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा मलभित्र प्रवेश गरेर मोबाइल पसल तोडफोड र मोवाइल चोरी गर्दै गरेको भिडियोमा देखिएका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिसकिएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौले जनाएको छ । प्रहरीका अनुसार घट्नामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । भिडियोमा ३० जनाभन्दा बढी आन्दोलनकारीले मोवाइल पुसलबाट मोवाइल बाकेर बाहिर निस्कँदै गरिएका दृष्य सामाजिक संजालमा आएको सीसी टीभीमा देखिएको छ । पक्राउ पर्ने चालक र सहचालक बाइसधारा र तारेश्वकर यातायातका भएको खुलेको छ । पक्राउ परेका १५ मध्ये महिलाको संख्या भने १ मात्र छ ।

Last updated:2023 Feb 16 Thursday 15:48:18

प्रतिक्रिया
सम्बन्धित समाचार