सौरभ मगर
पुष२८, गाईघाट | पुस्तकालय ज्ञानको भण्डार हो । तर हामी धेरै जसो पुस्तकायलय जादैनौ किनकी हामीसँग पुस्तकालय जाने समय फूर्सद नै हुदैन । जिल्लामा एक मात्र सामुदायिक पुस्तकालय जुन सदरमुकाम गाईघाट संगमटोलमा अवस्थित छ । संगम सामुदायिक पुस्तकालय स्थापना भएको सोमबार १९वर्ष पूरा भयो । त्यहि अवसरमा पुस्तकालयको सभाहलमा “पढौ पढाऔ निरन्तर शिक्षाको लागि पुस्तकालय जाऔ” भन्ने नाराका साथ पुस्तकालयको १९औ वार्षिकत्सव तथा साधारण सभा कार्यक्रम भइरहेको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका मेयर बसन्त कुमार बस्नेतले पुस्तकालय पठन संकृतिको विकास गर्न परम्परा समाजबाट हराएकोमा दुःख ब्यक्त गर्नु भयो । युवा पुस्तामा प्रविधिको उच्चतम प्रयोगले समाजमा विकृति फैलाउनुका साथै पुस्तकालयका कमी घटेको जिकिर गर्नुभयो । मेयर बस्नेत त्रियुगा नगरपालिकाको नीती तथा कार्यक्रममा नगरपालिकाको १६ वटै वडामा पुस्तकालय निमार्ण गर्ने पनि ल्याइसकेको बताउनु भयो ।
वडाअध्यक्ष कोइरालाले पालिका र वडाले विज्ञहरुको सल्लाहमा पठन सस्कृति प्रवद्र्धन कार्यक्रमको तयार पारी वडा र पालिका स्तरमा किताब प्रेमीहरुको क्लब गठन गरी उनीहरुसँगको समन्वयमा कार्यक्रमको कार्यान्यवयन प्रभाबकारी रुपमा गर्न सकिन्छ भन्नु भयो । कार्यक्रममा संगम सामुदायिक पुस्तकालय का अध्यक्ष तथा पुस्तकालय महासघ प्रदेश १ अध्यक्ष भरत खड्काले देश संघीय संरचनामा गए पश्चात तीन तहका सरकार मध्ये स्थानीय सरकार सबै भन्दा चुस्त रहेको हुन्छ । अध्यक्ष खड्काले पुस्तकालय विस्तार र पठन सस्कृति प्रवर्दन गर्ने दिशामा संघीय सरकारको अनुसरण गरेर स्थानीय सरकार पनि अकर्मण्या बनिरहेको जिकिर गर्नु भयो ।
संगम पुस्तकालय जिल्लाकै सबैभन्दा पुरानोभध्ये एक हो ।