विज्ञान पराजुली
उदयपुर पौष २४
प्रतिभा महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका २ मा १६ बर्ष अघि स्थानिय महिलाहरुको समुह गठन गरी मासिक पाँच रुपैया बचत बाट सहकारीको सुरुवात गरेका थिए ।
सुरुवातमा बचत समुहको रुपमा रहे पनि पछि दुई बर्ष पछि आधिकारिक रुपमा सहकारी दर्ता गरी संचालन गरिएको सहकारीका अध्यक्ष हिरा खतिवडा पराजुलीले बताउनु भयो । साधरण सभा हाल सम्म संस्थामा ६४ लाख ९५ हजार चार सय तीन रुपैयाको आय व्याय विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाको सामाजिक विकामस शाखा प्रमुख शर्मिला पोख्रेल देवकोटाले ५ रुपैयाबाट सुरु भएको समुहले यति धेरै प्रगति गर्नु राम्रो भएको प्रशंसा गर्नु भयो । उहाँले जिल्लाका ९ वटा महिला सहकारी मध्य ८ वटाको आफ्नै भवन भएकाले अब प्रतिभा महिला सहकारीको भवन निर्माणको लागि आफुले सक्दो पहल गर्ने बताउनु भयो ।