उपाहार न्यूज
उदयपुर पौष २०
इन्टरनेट सेवा प्रदायक वल्ड लिंकको विभिन्न मितिमा उदयपुर गाईघाट आसपासको क्षेत्रमा अज्ञात समुहले फाइबर केवल काटेर इन्टरनेट सेवा अबरुद्ध पार्नेलाई खोजी गरी कार्वाहिको माग राख्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन परेको छ ।
वल्ड लिंकको चुहाडेमा रहेको फाइबर केवल पौष १४ गते काटिदा त्यस क्षेत्रका दुई सय बढि सेवाग्राहिको सेवा अबरुद्ध भएको थियो । यता पौष १० गते त्रियुगा नगरपालिका १० बोक्सेमा फाइबर केवल काटिदा बोक्से क्षेत्रका ६० बढि ग्राहकको सेवा अबरुद्ध भएको तथा पौष १९ गते राती त्रियुगा नगरपालिका ४ स्थित फार्सेट खोलामा बिजुलीको पोलबाट फाइबर केवल काटिदा त्यस क्षेत्रका ४ सय ८० ग्राहकहरु प्रभावित भएको थिए ।
छिटो र द्रुत गतिमा चल्ने वल्ड लिंकको सेवा लिई रहेका ग्राहकहरु फाइबर काटिदा मार्कामा परेका थिए, श्रृखलाबद्धरुपमा वल्ड लिंकको फाइबर केवल काटिन थाले पछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा अज्ञात समुहको खोजी गरी कार्वाहिको माग राखिएको वल्ड लिंकका गाईघाट शाखा इन्चार्ज आशिष पोखरेलले बताए । विगत १४ बर्ष देखि गाईघाट क्षेत्रमा निरन्तर सेवा दिदै आएको वल्ड लिंकको गाईघाट शाखा अन्तर्गत ६ हजार बढि प्रत्यक्ष सेवाग्राहि रहेका छन् ।
श्रृखलाबद्धरुपमा वल्ड लिंकको तार काटिन थाले पछि आवश्यक अनुसन्धान गरी कार्वाहिको माग राखिएको इन्चार्ज पोख्रेलले बताए । वल्ड लिंकले आफ्नो सेवा क्षेत्र भित्र कुनै पनि समय सेवाअबरुद्ध भए २ घण्टा भित्रै सेवा सुचारु गरी ग्राहकलाई सेवा दिई रहेको पोखरेलले बताए ।