उपाहार न्यूज
उदयपुर पौष १९
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ स्थित थापा जडिबुटि एण्ड हर्बल उद्योगमा आगालागी हुदाँ त्यहाँ आश्रीत परिवारको सम्पूर्ण लत्ताकपडा तथा खाद्यन्न नष्ट भए पछि वडा कार्यालयले आकस्मीक राहत सहयोग गरेको छ । एमाले नेता समेत रहेका भरत बहादुर खड्काले संचालन गरेको उक्त उद्योगमा सोमबार एक्कासी आगालागी भएको थियो ।
सो उद्योगमा आश्रय लिई बसोबास गर्दै आएका लिला मगर उनका श्रीमान एक छोरा छोरी सहित चार परिवारको लत्ताकपडा तथा खाद्यन्न जलेर नष्ट भएको थियो । मगर परिवारलाई रौतामाई गाउँपालिका वडा नम्बर ७ ले तत्काल राहत स्वरुप म्याट १ थान, डसना १ थान, कम्फोट सिरक १ थान, सिरानी १ थान, चामल १ बोरा, दाल २ के.जि, १ पोका नुन, २ के.जि दाल र २ पोका तेल तत्काल राहत स्वरुप हस्तान्तरण गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष मनोज रानामगरले जानकारी दिनु भयो । मगर परिवारको राहतका लागि िवडा अध्यक्ष मनोज रानामगरले सामाजिक संजाल मार्फत सहयोग अपिल समेत गर्नु भएको छ ।