उपाहार न्यूज
उदयपुर पौष १७
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले संघिय निजामती सेवा ऐन जारी गर्न आफुहरुले राखेको माग पुरा नभए जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनु भएको छ । कर्मचारीको पक्षमा अबको निजामती सेवा ऐन आउनु पर्छ कर्मचारीहरुको हक र अधिकार समेटिनु पर्छ भन्ने आफुहरुको माग पुरा नभए आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भन्दै उहाँले अब सम्पूर्ण कर्मचारीहरुलाई आन्दोलनको तयारीमा रहनको लागि आग्रह गर्नु भएको छ। कर्मचारी युनियन प्रदेश नम्बर १ ले उदयपुरको चतरामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कर्मचारी युनियन उदयपुरले आयोजना गरेको वृहत वनभोज कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु प्रदिप सुनुवार, भिम पराजुली, प्रदेश १ सभापती उद्धब थापा, नेपाली कांग्रेस उदयपुरका सभापती हिमाल कार्की, पूर्व पाटी सभापती विदुर बस्नेत, संबिधान सभा सदस्य प्रमिला राई, प्रदेश सभा सदस्य रामकुमार खत्री, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, लगायत कर्मचारी युनियनका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु तथा प्रदेश १ का १४ वटै जिल्लाबाट करिब चार सयको संख्यामा कर्मचारीहरुको उपस्तिथी रहेको थियो । कर्मचारीहरु विचको एकता र उत्साह थप्नको लागि प्रदेश नम्बर १ ले वनभोज कार्यक्रमको आयोजना गरिएको कर्मचारी युनियनका प्रदेश अध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो ।


