शंकर रिखाम मगर
उदयपुर पौष ११
उदयपुरको रौतामाइ गाउँपालिका अन्तर्गत वडा नम्वर,७ को राजावास युवा संजालले देउसीवाट उठेको रकमवाट ७ सय ४ जनाको नोवेल अस्पताल विराटनगरको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेकोछ ।
उक्त स्वास्थ्य शिविर स्थानिय नवज्योती आधारभुत विद्यालयमा गत पुस १० गतेवाट सन्चालन गरि ११ गते सम्पन्न गरिएको हो । विभिन्न किसिमका रोगहरुको स्वास्थ्य परिक्षण गर्ने क्रममा गर्भवती महिला, ६ महिनाको शिशु देखि ९३ वर्षिय वृद्धा सम्मले शरिरमा हुने सम्पुर्ण रोगको विज्ञ डाक्टरहरुवाट परिक्षण गरिएकोथियो ।
यस्तो शिविरहरु सन्चालनको निम्ति युवाको युग नै आवस्यक देखिन्छ अरुले सक्दैन । “त्यसैले जहाँ जहाँ वैल गाडा पुग्छ, त्यहाँ त्यहाँ नोवेल अस्पताल विराटनगर को गाडी शिविर र उपचारको निम्ति पुग्छ साथै “न्युरो सम्वन्धी सम्पुर्ण उपचार हुने र मृगौला ट्रान्सफोरेशनको सल्यकृया सम्वन्धी उपचार पनि हुने डाक्टर एमडी कुमुदकुमार झाले वताए।“
शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, सल्यक्रीया ( सर्जरी ) विशेषज्ञ, आखा रोग विशेषज्ञ, भिडियो एक्सरे र इसिजी सेवा उपलव्ध गरिएकोथियो । शिविरमा त्रीयुगा नगरपालिका वडा नम्वर ७ र १६ उदयपुरगडी गाउँपालिका ६,७ र ८ रौतामाइ गाउँपालिका ७ र ८ विपन्न तथा अति विपन्न परिवारमा रहेका समुदायलाइ लक्षित गरि शिविर सन्चालन गरिएको सन्जालका अध्यक्ष कृष्ण राइले वताए । देउसी भैलि खेलेर समुदायमा रहेका युवा युवतिहरुले वनभोज र रमाइलोमा खर्च गर्ने रकमवाट विपन्न वर्गका समुदायलाई सेवा दिन पाउँदा हर्षित पनि भएको अध्यक्ष राइले वताए ।
“छिमेकी त्रीयुगा नगरपालिका तथा उदयपुरगढी गाउँपालिका र रौतामाइ गाउँपालिका स्थानिय तहवाट कुनै पनि साथ सहयोग नभए पनि हामि सन्जालको सम्पुर्ण टिम मिलेर शिविर सम्पन्न गर्न सफल भएको, सन्जालका उपाध्यक्ष शन्तवहादुर नेपालले वताए ।“
स्वास्थ्य शिविरमा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रतिनिधि धनकुमारी
थापा मगरले पिउने पानी सहयोग गर्दै, हजारौं रुपैयाँ खर्चगरि उपचार गर्न गाह्रो हुने विपन्न वर्ग समुदायका व्यक्तिहरु खुशी देखेकोमा आयोजक सन्जाललाइ धन्यवाद दिइन ।
दुई दिने शिविरमा महिला तर्फ ४ सय ४० र पुरुष तर्फ २ सय ६४ गरि जम्मा ७ सय ४ जनाले सफल स्वास्थ्य परिक्षण गर्न सफल भएका आयोजक सन्जालले वताए ।
उक्त शिविरमा नोवेल अस्पताल विराटनगरवाट डाक्टर एमडी कुमुदकुमार झा र महिला तर्फ डाक्टर एमडि पुजा श्रेष्ठको को साथमा १८ जना डाक्टरहरु स्वास्थ्य शिविरमा परिचालन गरिएकोथियो । आउदो समयमा पनि यस्ता खालको शिविर सन्चालन गरेमा नोबेल अस्पताल विराटनगर सहयोग र समन्वयको लागि तयारी रहेने डाक्टर झाले वताए ।