Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

देउसी भैलिवाट उठेको रकमले २ दिने निशुल्क स्वाथ्य शिविर

  • उपहार न्यूज
  • आइतबार, पुष १० २०७९
देउसी भैलिवाट उठेको रकमले २ दिने निशुल्क स्वाथ्य शिविर

शंकर रिखाम मगर
उदयपुर ,पुस १०।
उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्वर,७ को नवज्योती आधारभुत विद्यालय राजावासमा २ दिने विभिन्न किसिमका स्वास्थ्य शिविर राजावास युवा सन्जालले सन्चालन गरेकोछ भने नोवेल अस्पताल विराटनगरको समन्वय रहेकोछ ।
पहिलो दिनको स्वास्थ्य परिक्षण गर्ने क्रमको उद्घाटन ९३ वर्षिय वृद्ध ज्योतिष प्रसाद भट्टराइवाट परिक्षण सुरुवात गरिएकोथियो । शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, सल्यक्रीया ( सर्जरी ) विशेषज्ञ, आखा रोग विशेषज्ञ, भिडियो एक्सरे र इसिजी सेवा उपलव्ध गराएकाथिए । शिविरमा त्रीयुगा नगरपालिका वडा नम्वर ७ र १६ उदयपुरगडी गाउँपालिका ६,७ र ८ रौतामाइ गाउँपालिका ७ र ८ को समुदायका बाल, वालिका तथा महिला, पुरुष र युवा युवतिहरुले आफ्नो उपचार गरि लाभ लिएकाथिए ।
वार्षिक रुपमा देउसी भैलि खेलेर समुदायमा रहेका व्यक्तिहरुले पिक्निक र रमाइलोमा खर्च गर्ने गरेको पाइएता पनि अवको दिन र समयमा गाउँमा मात्र होइन देश भरिनै नयाँ सन्देश र नयाँ वातावरण सृजना गराउने उद्धेश्यले यो शिविर सन्चालन गरेको राजावास युवा सन्जालका अध्यक्ष कृष्ण राइले वताए । कुनै पनि निकाय तथा कुनै व्यक्तिहरुले आर्थिक सहयोग नगरेको सन्जालका अध्यक्ष राइले वताए ।
घरमै आएको सेवा सुविधा लिन पाउनु भनेको अतिनै खुशिको कुरा हो, यति चेकजाँच गर्नलाइ विराटनगर जानु पर्दा १० देखि १२ हजार सम्म खर्च हुने भएको र अहिले आफ्नै घरमा खानपिन गरि निशुल्क रुपमा सेवा लिन पाउँदा आयोजना गरेको टिमलाइ नै धन्यवाद दिएकोथियो । अझ विपन्न स्तरका वक्तिहरुले यति जाँच गर्न जानुपर्दा पैसाको व्याज वोक्नु वाध्यहुने इलाका हुलाक कार्यलय रौताका निमित्त कार्यलय प्रमुख पदम कार्किले वताए ।
आकस्मिक रुपमा शिविर सन्चालन भएकोले स्थानिय तहवाट केही सहयोग गर्न नसकिएको वताउदै आगामी दिनमा सन्चालन गरिने यस्ता शिविरहरुमा पुर्ण रुपमा साथ सहयोग हुने रौतामाइ गाउँपालिका वडा नम्वर ७, का वडाध्यक्ष मनोजकुमार राना मगरले वताए । पहिलो दिन सन्चालन गरिएको शिविरमा महिला तर्फ २ सय ५१ र पुरुष तर्फ २ सय ५२ गरि जम्मा ४ सय ३ जनाले सेवा लिन सफल भएकाछन ।
उक्त निशुल्क शिविरमा नोवेल अस्पताल विराटनगरवाट डाक्टर एमडी मुकुन्द कुमार झा र महिला तर्फ डाक्टर एमडि पुजा श्रेष्ठको को साथमा १८ जना डाक्टरहरुको समुहले पहिलो दिनको सफल उपचार सम्पन्न गरेकोछ ।

Last updated:2022 Dec 25 Sunday 12:27:52

प्रतिक्रिया
सम्बन्धित समाचार