उपाहार न्यूज
उदयपुर पौष २९
निर्माण व्यवसायी संघ उदयपुरका ८ औ जिल्ला अधिवेशनले पुन कौशल आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । मंसीर २८ देखि सुरु अधिवेशनको नयाँ नेतृत्व चयनमा अध्यक्ष तथा तृतीय उपाध्यक्ष पदमा सहमती जुट्न नसके पछि निर्वाचन बिहिबार निर्वाचन भएको थियो ।
निर्वाचनमा संघमा आबद्ध कुल २०६ साधरण सदस्य मध्य १८६ जनाले मतदान गरेका थिए, अध्यक्ष पदमा कौशल आचार्यले १३६ मत प्राप्त गरेका थिए, उनका निटतम प्रतिद्धन्दि प्रेम प्रसाद तिम्सिनाले ४९ मत प्राप्त गरेका थिए । त्यसैगरी तृतीय उपाध्यक्ष पदमा भएको निर्वाचनमा बिरेन्द्र खड्काले १२० मत प्राप्त गर्न सफल भएका थिए उनका निटतम प्रतिद्धन्दि चुल बहादुर मगरले ६४ मत प्राप्त गरेका थिए ।
संघको प्रथम उपाध्यक्षमा सुनिल कार्की, दितिय उपाध्यक्षमा सुभाष कुमार भट्टराई, महासचिवमा सुदिप दाहाल खत्री, सचिवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अस्विन खड्का र सह कोषाध्यक्षमा भुवन खड्का सर्वसहमत निर्वाचित भएका थिए ।
त्यसैगरी सदस्यहरुमा सिताकुमारी बस्नेत, मन्दिप राई, एक बहादुर कार्की, उद्धब बहादुर खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्बीन बस्नेत, गणेशकुमार राई, प्रमोद पोख्रेल, सुनिल साह, हेम दाहाल र अनिल आचार्य निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य परमेश्वर घिमिरेले बताउनु भयो ।
नव निर्वाचित कार्य समितिलाई अध्यक्ष मण्डलका संयोजक प्रकास कुमार बस्नेतले सपथग्रहण गराउनु भएको थियो ।