Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आफ्नो प्रतिबद्धता पुरा गर्दै हिमाल कार्की करमगाछि–नयाँबस्ती–घलेटोल कालोपत्रे चार करोड २० लाख हुने

  • उपहार न्यूज
  • बुधबार, मंसिर २८ २०७९
आफ्नो प्रतिबद्धता पुरा गर्दै हिमाल कार्की करमगाछि–नयाँबस्ती–घलेटोल कालोपत्रे चार करोड २० लाख हुने

विश्वराज तामाङ
उदयपुर मंसीर २८
उदयपुर प्रदेश १ (ख) का निर्वाचति सांसद तथा प्रदेश सडक यातायात तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको अथक प्रयासमा त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न सडकहरु कालोपत्रेको प्रक्रिया सुरु हुने भएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरले २०७९ कात्तिक १५ गते आव्हान गरेको ठेक्का प्रक्रिया पुरा भए संगै अब कालोपत्रे सुरु हुने भएको छ । कार्यालयले कात्तिक १५ गते त्रियुगा नगरपालिका वडा नम्बर १० को करमगाछि नयाँबस्ती घलेटोल गाईघाट जोड्ने सडक, त्यस्तै त्रियुगा नगरपालिका वडा नम्बर ९ को गैरुन बरगाछि विच रातमाटे इस्लामपुर आर्यघाट रोड तथा त्रियुगा नगरपालिका ११ को र १२ को शिवशक्ति टोल इनार चोक पूर्वीबरुवा टोल नारायाण कार्कीको घर हुदै १२ नम्बर वडा कार्यालय बाट राधाकृष्णा तिम्सिनाको घर हुदै त्रियुगा नदि सम्मको सडकलाई कालोपत्रेको लागि ठेक्का आव्हान भएको थियो ।
करमगाछि नयाँबस्ती घलेटोल गाईघाट सडकको कालोपत्रको लागि कृष्णलक्ष्मी निर्माण सेवा काभ्रेले चार रोड २० लाख १३ हजार १९ रुपैयामा ठेक्का पारेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै उक्त निर्माण सेवा कम्पनीको ठेक्का स्वीकृत गरेको हो । अब एक साता भित्र ठेक्का सम्झौता भई काम सुरु हुने पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख डिभिजन इन्जिनियर गंगासागर यादवले जानकारी दिनु भयो ।
यता त्रियुगा नगरपालिका ११ को शिवशक्ति टोल इनारचोक पूर्वी बरुवा टोल नारायण कार्कीको घर हुदै १२ नम्बर वडा कार्यालय राधाकृष्ण तिम्सिनाको घर हुदै त्रियुगा नदि सम्मको सडक कालोपत्रेको लागि देवीरमण कन्स्ट्रक्शन ललितपुरले ५ करोड ८२ लाख ५२ हजार दुई सय २५ रुपैया र त्रियुगा नगरपालिका ९ को गैरुन वरगाछि विच रातमाटे इस्लामपुर आर्यघाट रोडको लागि पनि देविरमण कन्स्ट्रक्शनले नै ५ करोड ३४ लाख ६५ हजार ३० रुपैयामा ठेक्का स्वीकृत गरिएको पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।
प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य हिमाल कार्कीले २०७४ मा निर्वाचित भए संगै त्रियुगा नगरपालिका क्षेत्रका धेरै स्थानहरुमा विकासका कामलाई प्राथमिक्ता दिने घोषणा संगै योजना समेत समावेश गर्नु भएको थियो । मन्त्री कार्कीले आफुले प्रतिबद्धता गरेको स्थानहरुमा विकासका कामहरुलाई प्राथमिक्ता राखेर योजना समावेश गरेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका क्षेत्र मात्रै नभएर जिल्ला भित्र स्थानियको मागको आधार र आवश्यक्ता हेरेर योजनाहरु समावेश गरिएको बताउनु भयो ।

Last updated:2022 Dec 14 Wednesday 05:33:58

प्रतिक्रिया
सम्बन्धित समाचार