Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकामा एमाले नगर कमिटि सहित २१ जना कांग्रेस प्रवेश

  • उपहार न्यूज
  • बुधबार, कार्तिक ३० २०७९
वेलकामा एमाले नगर कमिटि सहित २१ जना कांग्रेस प्रवेश

उपाहार न्यूज
उदयपुर कात्तिक ३०
उदयपुरका वेलका नगरपालिकामा नेकपा एमालेका नगर कमिटि सदस्य सहित २१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नगर कमिटि सदस्य गणेशकुमार राई र एमाले युवा संघ नगर समिति सदस्य राजन राईको नेतृत्वमा २१ जना युवाहरु कांग्रेस प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा एमाले नगर कमिटि सदस्य ढक बहादुर राई, निरज राई, वालकुमार राई, रामकुमार राई, लिलिमा राई, गम्भिरमाया राई, प्रशान्त राई, दुर्गा राई, मविन राई, दुर्गा राई, करण राई, श्यामकुमार राई, अस्मिता राई, राम बहादुर राई, कमला कुामरी राई, भोजबहादुर राई, वम प्रसाद राई, जोशन राई, विशाल राई, दोमासकी राई, राम तामाङ, रामकुमार राई र विन्देश्वर राई रहेका छन् । उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. नारायण खड्का र राजन किराती बासुले स्वागत गरेका थिए । वेलका नगरपालिका वडा नम्बर ८ मा वाम लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित चुनावी सभामा उनीहरु कांग्रेस प्रवेश गरेका थिए । प्रवेश संगै उनीहरुले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने घोषणा समेत गरेका थिए ।

Last updated:2022 Nov 16 Wednesday 13:11:39

प्रतिक्रिया
सम्बन्धित समाचार