
उपाहार न्यूज
उदयपुर कात्तिक १५
नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीको अथक प्रयासमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित घलेटोल–नयाँबस्ती–करमगाछि सडक कालोपत्रे हुने भएको छ ।
प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मार्फत पूर्वाधार विकास कार्यालय उदयपुरले उक्त सडक कालोपत्रे गर्नका लागि मंगलबार बोलपत्र आव्हान गरेको छ । स्थानिय नागरिकहरुको लामो समय देखिको माग तथा तत्कालिन त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष प्रकास कुमार खड्काको समेत विशेष पहल रहेको उक्त सडकलाई प्रदेश सरकारको बजेट मार्फत कालोपत्रे गर्न लागिएको हो । प्रदेश सरकारको आर्थिक बर्ष २०७९÷०८० को रातो किताबमानै समावेश भएको उक्त सडक २.३७५ किलोमिटर कालेपत्रे हुने भएको छ । स्थानिय नागरिकहरुले उक्त सडकलाई कालोपत्रे गर्नका लागि मा राखेका थिए तत्कालिन वडा अध्यक्ष प्रकास खड्काले समेत विशेष पहल गरेको उक्त सडकमा मन्त्री कार्कीले कालोपत्रेको लागि बजेट किताबमा राख्ने प्रतिबद्धता गरेका थिए ।
मंगलबार सौर्य राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आव्हान गरिएको छ ३० दिन भित्र विद्युतिय बोलपत्रको आव्हान गरिएको पूर्वाधार विकास कार्यालय उदयपुरका डिभिजन प्रमुख इन्जिनियर गंगासागर यादवले जानकारी दिनु भयो ।

यसै विच मन्त्री कार्कीकै अथक प्रयासमा घलेटोल करमगाछि सडक संगै गैरुन बरगाछि हुदै बीच रातमाटे हुदै इस्लामपुर आर्यघाट जोड्ने सडक त्रिनपा ९ का लागि ३.०६ किलोमिटर पनि कालोपत्रे हुने भएको छ ।
यता शिवालयटोल इनार चौक देखि पूर्व बरुवाटोल हुदै नायारण कार्कीको घर १२ नम्बर वडा कार्यालय राधाकृष्ण तिम्सिनाको घर हुदै त्रियुगा नदि सम्म त्रिनपा ११ र १२ का लागि ३.३०८ किलोमिटर सडक कालोपत्रे निर्माण हुने भएको छ ।
आजको राष्ट्रिय दैनिक पत्रिकामा उक्त सडकहरु कालोपत्रे गर्नका लागि ठेक्का आव्हान गरिएको छ अब ३० दिन भित्रको समयमा निर्माण व्यवसायीहरुले विद्युतिय ठेक्का आवेदन दिए पछि थप काम अघि बढ्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
उक्त स्थानमा सडक नाली नभएको स्थानमा सडक नाली सहितको कालोपत्रे निर्माण हुने पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख यादवले बताउनु भयो । पूर्वाधार विकास कार्यालय मार्फत रातोकिताबमा करिब डेढ सय योजनाहरु रहेका छन् हाल उक्त योजनाहरु मध्य कतिपय योजनाको ठेक्का प्रक्रिया अघि बढि सकेको र बाकी योजनाहरुको प्रारम्भीक स्टमेट तयार भैरहेको कार्यालय प्रमुख यादवले जानकारी दिनु भयो ।
