उपहार न्यूज
उदयपुर श्रावण २७
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २० औ स्थापना दिवश उदयपुरमा पनि मनाईएको छ, एक समारोहका विच उदयपुरमा पनि स्थपाना दिवश मनाईएको हो । स्थापना दिवशको अबसरमा फोनिजले संस्थापक अध्यक्ष भोटराज राई र पूर्व अध्यक्ष अप्सरा समाल मगरलाई सम्मान गरेको छ । फोनिज उदयपुरमा स्थपना संगै हाल सम्म संगठनलाई नेतृत्वदायी भुमिका कुशलतापूर्वक सम्पन्न गरेको योग्दानको कदर गर्दै राई र समाललाई सम्मान गरिएको हो ।
सम्मानितहरुलाई कार्यक्रममा प्रमुख अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, फोनिज उदयपुरका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ, पत्रकार महासंघ प्रदेश सचिव हरिकुमार राईले कदरपत्र र खादा लगाएर सम्मान गर्नु भएको थियो ।
स्थापना दिवशको अबसरमा उदयपुर शाखाले आदिवासी जनजाती महासंघ उदयपुर जिल्ला कार्य समितिको नव निर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । नव निर्वाचित समितिका अध्यक्ष गौरीशंकर उदास लगायतका पदाधिकारी तथा सदस्यहरुलाई फोनिज उदयपुरले खादा लगाएर बधाई ज्ञापन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि विश्वराज तामाङले फोनिज र जनजाती महासंघ विचमा समन्व र सहकार्य आवश्यक रहेको बताए । तामाङले पछिल्लो समय उदयपुरमा आदिवासी जनजाती आन्दोलनका रणनितिहरु फितलो र प्रभावकारी नभएको बताए । जिल्लामा आदिवासी जनजातीहरुको उत्थानको लागि स्थानिय संचारमाध्यम र आदिवासी पत्रकारहरुले महत्वपूर्ण भुमिका खेले पनि त्यसको मुल्यांकन नहुने गरेको र महासंघ नेतृत्वले समेत त्यसको ख्यान नराखेको प्रति दुःख व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गौरीशंकर उदासले महासंघलाई आगामी दिनमा सबै क्षेत्र संग समन्वय रसहकार्य गरेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पत्रकार महासंघ प्रदेश सचिव हरीकुमार राईले आदिवासी जनजाती पत्रकारहरु संख्यात्मक बृद्धि भन्दा पनि गुणात्मक स्तर बृद्धि तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले अधिकारको कुरा बढि उठाउने भए पनि आदिवासी पत्रकारहरुमा अध्यायन र अनुभवको कमी भएको बताउनु भयो । अध्ययान र अनुभवको कमी हुदाँ जिम्मेबार तहमा आदिवासी जनजाती पत्रकारहरुले स्थान नपाउने गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष तथा फोनिज सल्लाहकार महेश्वर चाम्लिङले आदिवासी जनजातीहरु विचमा एकता नहुदाँ उपलब्धीहरु हासिल गर्न नसकिएको बताउनु भयो । उहाँले आदिवासी जनजातीहरु विभिन्न राजनैतिक रंगहरुमा विभाजित हुदाँ त्यसले सहि उपलब्धी हासिल गर्न नसकेको बताउनु भयो । उदयपुरमा संचालित संचारमाध्यमहरु आदिवासी जनजातीहरुको वर्चस्व रहे पनि आदिवासी जनजातीहरुको लागि उपलब्धीमुलक परिणाम ल्याउन नसकिएको बताउनु भयो । कार्यक्रममा फोनिज उदयपुरका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, फोनिज पूर्व अध्यक्ष अप्सरा समाल, फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राई, आदिवासी जनजाती महासंघ त्रियुगा नगर समन्वय समितिका अध्यक्ष भैरव श्रेष्ठ, पत्रकार महासंघ प्रदेश पार्षद राजेन्द्र दुष्ट, तामाङ पत्रकार महासंघ उदयपुरका अध्यक्ष नरेशमोहन तामाङ, थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखीलाल चौधरी लगायतले शुभकामना मनतव्य राखेका थिए । फोनिज सह सचिव गंगा राईले स्वागत मनतव्य राखेको कार्यक्रम जिल्ला सचिव ईश्वर मगरले संचालन गरेका थिए । कार्यक्रम प्रमुख अतिथि विश्वराज तामाङले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो, कार्यक्रममा श्रावण २९,३० र ३१ गते उदयपुरमा हुने फोनिजको प्रथम प्रदेश अधिवेशन सम्पन्नका लागि सफल पार्नका लागि सबै पक्ष संग आग्रह गरिएको थियो ।