उपाहार न्यूज
उदयपुर कात्तिक १४
उदयपुरको त्रियुगा नगरपालिका वडा न. ७ चुहाडेमा आइतबार राती भएको आगलागीबाट करोडौको क्षती भएको छ । त्रिनपा ७ चुहाडे चोक स्थित पर्शुराम राईको जग्गा भाडामा लिई सोही ठाँउका राजु कार्कीले बनाएको टिनको छाना तथा ट्रस जडान गरेको घरमा अचानक बिधुत सट भई आगलागी भएको थियो ।
आगलागीबाट संचालनमा रहेको पसलहरु पुर्ण रुपमा जली क्षति भएको छ, आगो स्थानियबासी, नेपाल प्रहरी, सशस्र प्रहरी, नेपाल सेना र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान करिव ४ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरधनी राजु कार्कीको घर र घरको एउटा सटर कोठा भित्र रहेको कपडा पसल तथा फर्निचर, सुन ७ तोला र नगद ३ लाख पचास हजार गरी ८० लाख बराबरको क्षती भएको जनाइएको छ ।
सोहि घरमा सटर भाडा लिइ एग्रोभेट संचाल गर्ने अनिल घिमिरेको पसलको सम्पुर्ण मालसामानहरु जली ६५ लाख बराबरको क्षती भएको जनाइएको छ । यसैगरी बिरेन साहको सटर कोठा भित्र रहेको होटल र होटल संगै जोडेर बनाएको टाटीबेराको फलफुल पसल संगै ३ तोला ८ आनी बराबरको सुनको गर गहना र नगद गरी २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै विच आगलागीबाट पिडीत भएकालाई त्रियुगा उद्योग वाणिज्य संघले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ । आगलागी पिडीतलाई दाल, चामल, सिरक डस्ना लगाएतको सामाग्री सहयोग गरेको संघका अध्यक्ष रमेश रसाईलिले बताउनुभयो ।
आईतबार राति साढे १० बजे बिद्युत सर्ट हुदाँ भिषण आगलागिबाट करडौँको क्षति भएको प्रारम्भीक अनुमान लगाईएको छ । उक्त आगलागीले बिचल्लीत परेका पिडितहरुलाई अध्यक्ष रसाईलीको नेतृत्वमा सहयोग हस्तान्तरण गरिएको हो । चुहाडे चोक स्थित पर्शुराम राईको जग्गा भाडामा लिई व्यवसाय गर्दै आएका राजु कार्की, अनिल घिमिरे र बिरेन साहको पसल पूर्ण रुपले जलेका थिए । संघले व्यवसायीहरुलाई परेको पिडालाई केहि सम्म कम गर्न अविभावकको कर्तव्य स्वरुप तत्काललाई केहि खाद्यन्न र लत्ताकपडा सहयोग गरेको जनाउनुभयो ।