Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालमन्दिरको पूर्व विद्यार्थी समाजले २० लाखको अक्षय कोष स्थापना गर्ने (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शनिबार, कार्तिक ५ २०७९
बालमन्दिरको पूर्व विद्यार्थी समाजले २० लाखको अक्षय कोष स्थापना गर्ने (फोटो फिचर सहित)

उपाहार न्यूज
उदयपुर कात्तिक ५
बालमन्दिर माध्यमिक विद्यालय त्रियुगा नगरपालिका १० को पूर्व विद्यार्थी समाजको भेलाले कार्य समितिलाई पूर्णता दिएको छ । दिपावलीको अबसरमा आयोजित शुभकामना आदनप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले अध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्षमा बसन्त राई, सचिवमा मदन भुजेल, सह सचिवमा लिला कार्की कोषाध्यक्षमा रमा भुलेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा किरन मगर, सम्झना मगर, रमेश राई, डिग बहादुर बुढाथोकी, देविका राई र विमल भुजेललाई सर्बसहमत चयन गरेको छ । संस्थाको संरक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास कुमार खड्का र प्रधानध्यापक जंग बहादुर खड्का तथा सल्लाहकारहरुमा पूर्व विद्यार्थीहरु डेविट बस्नेत, फिरन खड्का, एल्बीन बस्नेत, सन्तोष खड्का, अनिल खड्का, कुमार मगर, पुजा खड्का, उमेश घिमिरे र मन्दिप कार्कीलाई चयन गरेको छ ।
शनिवार बालमन्दिर माबिमा आयोजित कार्यक्रमका उद्घाटन विद्यालयका पूर्व कार्यलय सहयोगी राम बहादुर खड्का (खड्का) बाजेलाई सम्मान गर्दै गरिएको थियो । कार्यक्रममा फुटबलका राष्ट्रिय खेलाडि संजित श्रेष्ठ, जिल्ला फुटबल संघका महासचिव मदन भुजेल, व्याडमिन्टन संघका महासचिव रमेश राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व विद्यार्थी समाजको विधान निर्माण तथा संस्था दर्ता गरी अन्य पूर्व विद्यार्थीहरुलाई समेत सदस्यता विस्तार गर्ने तथा २० लाखको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरुले पूर्व विद्यार्थी समाज मार्फत विद्यालयलाई आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक जंग बहादुर खड्काले विद्यालयको हालको अबस्थाको बिषयमा जानकारी दिनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास कुमार खड्काले विद्यालयको अबस्था बिषयमा जानकारी गराउदै विद्यालयको विकासको लागि पूर्व विद्यार्थीहरुको समेत अहम भुमिका रहने भन्दै विद्यालय प्रति योग्दान पु¥याउनको लागि आग्रह गर्नु भएको थियो । कार्यक्रममा ५० बढि पूर्व विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Last updated:2022 Oct 22 Saturday 13:46:22

प्रतिक्रिया
सम्बन्धित समाचार