Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

डेंगु नियन्त्रणमा जुट्यो त्रियुगा नगरपालिका

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक ३ २०७९
डेंगु नियन्त्रणमा जुट्यो त्रियुगा नगरपालिका

उपाहार न्यूज
गाईघाट कात्तिक ३
त्रियुगा नगरपालिका उदयपुरले लामखुट्टेको टोकाईबाट हुने डेंगोका विरामी बढ्न थालेपछि डेंगो नियन्त्रण अभियान सुरु गरेको छ । डेंगो नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षमा बुधबार बसेको सरोकारवाल निकायको बैठकले सदरमुका गाईघाटमा त्रियुगा नगरपालिकाको अगुवाईमा अभियान सञ्चालन गर्ने निर्णयसँगै बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सुरु गरिएको हो ।
बैठकले अन्य स्थानीय तहमा पनि अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ गौतमले बताए । उनले भने, ‘साउन महिनादेखि प्रकोपकोरुपमा वढ्दो डेंगो रोगको संक्रमणदर नियन्त्रण गर्न प्रमुख कारक लामखुट्टे र तिनको लार्भा नष्ट गर्नु पर्ने देखिएकाले अभियान सुरु गरेका हौ ।
प्रकोप नियन्त्रणका लागि सबै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय परिचालित भई घर, समुदाय, कार्यालय, बिद्यालय आसपासका क्षेत्रमा पानी जम्न नदिन, खाल्टाखुल्टी पुर्ने, रेफ्रिजेरेटर, एसीमा लामो सयम पानी जम्न नदिने, खाली टायरमा जमेको पानी फाल्ने र नष्ट गर्ने अभियान रहेको उनले बताए ।
बैठकले सबै स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गर्ने, माईकिङ्ग, प्रचारप्रसार लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको प्रजिअ गौतमले बताए । अभियान अन्र्तगत पहिलोचरणमा बिहीबार बिहान त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राई, प्रजिअ, तीन वटै सुरक्षानिकायका प्रमुख तथा अन्य सरोकारवालाको उपस्थितिमा सदरमुकाम गाईघाटमा लामखुट्टे बासस्थानको नष्ट र सरसफाइ सुरु गरिएको छ ।
अभियानाका सदस्य जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाका अनुसार सदरमुकामको बजार क्षेत्रमा जमेका खाल्डाखुल्टी पुर्ने, खाली टायरमा जमेको पानी फाल्ने, अनावश्यक टायर र फोहोर बस्तु नष्ट गरिएको छ । डेंगी रोग सार्ने लामखुट्टे बस्ने बासस्थान पत्ता लगाई खोजेर नष्ट गर्ने उदेश्य सहित यो अभियान सुरु गरिएको त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले बताए।
निरौलाका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा ८ सय ८ जनामा गरिएको परीक्षणबाट २ सय ५ जनामा डेगों देखिएको हो । त्यसमध्ये सबैभन्दा बढि जिल्ला अस्पतालमा ४ सय ६१ ज्नामा परीक्षण गरिएकोमा १ सय ४५ जनामा लक्षण देखिएको छ ।
त्यसैगरी कटारी अस्पतालमा २ सय ६७ जनामा ४२ जनामा डेंगो देखिएको छ । त्यस्तै बेलका नगर अस्पतालमा ७० जनामा १५ जना र देउरी स्वास्थ्य चौकीमा १० जनामा ३ जनामा डेंगो देखिएको निरौलाले जानकारी दिए ।
ज्वरो आउने, वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्षण देखिएपछि गरिएको परीक्षणमा डेंगो पुष्टि भएको उनले बताए । लक्षण देखिएका विरामीको अवश्था सामान्य रहेको उनले बताए । डेंगोको संक्रमण बढ्दै गएपछि विरामीको घरपरिवारलाई सफासफाई गर्न डाक्टरले सुझाव दिएका छन् ।
वर्षादको समय सकिएसँँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने सूचना अधिकारी निरौलाले बताए ।
डेंगो संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्ने चिकित्सकको भनाई छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगो नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय र सबै स्थानीय विच समन्वय भईरहेको उनले बताए ।
पोथी लामखुट्टेले सफा पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि बिरामी हुने चिकित्सकको भनाई छ । लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षय देखिने गर्दछ ।
पलाष्टिकको पानी जार, पलाष्टिकको गमला, सफा पानीमा मात्र यो जातको पोथी लामखुट्टे बस्ने भएकाले घरवरपर पानी जम्न दिनु नहुने चिकित्सक बताउँछन् । रातभर सुत्ने र बिहानको राती र दिउँसोको समय यसले टोक्ने गर्दछ । खुलासाको सहयोगमा 

 

Last updated:2022 Oct 20 Thursday 11:58:48

प्रतिक्रिया
सम्बन्धित समाचार