Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

डा.नारायण खड्काको पहल मोतिगडा–फत्तेपुर–रामपुर सडक पुल निर्माणको लागि विस्तृत अध्ययान सुरु गरिने

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १ २०७९
डा.नारायण खड्काको पहल मोतिगडा–फत्तेपुर–रामपुर सडक पुल निर्माणको लागि विस्तृत अध्ययान सुरु गरिने

विश्वराज तामाङ
उदयपुर असोज ३१
उदयपुरको त्रियुगा नगरपािलका वडा नम्बर ३ मोतिगडा देखि सप्तरीको फत्तेपुर हुदै उदयपुरको बेलका नगरपालिका रामपुर सम्मको ५० किलोमिटर सडक र १५ वटा पुल निर्माणको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विस्तृत अध्यायन गरिने भएको छ । ।
परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले उक्त सडकमा कालोपत्रे तथा खोलाहरुमा पुलको आवश्यक्ता रहेकाले भारत सरकार मार्फत सहयोगका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय अनुदान साहयाताको लागि दुई देशका प्रधानमन्त्रीको भेटवार्तामा प्रस्ताव पेश गर्नु भएको थियो ।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदि विच दुई पटकको भेटवार्तामा विशेष प्राथमिक्ताको पाए संगै उक्त सडकको विस्तृत अध्ययानको लागि भारतीय दुतावासलाई भौतिक पूर्वाधार मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत प.संख्या ०७९/८० चलानी नम्बर ४.१/७९ मिति २०७९ भाद्र १५ गते पत्रमार्फत प्राप्त भएको प्रारम्भिक प्रस्ताव काठमाण्डौ स्थित भारतीय दुतावासलाई प्रेषित गरेको थियो ।
उक्त प्रस्तावको बिषयमा थप विवरण माग गरी भारतीय राजदुतावसले No. KAT/DPW/321/25/2022 २८ सेप्टेम्बर २०२२ को कुटनीतिक नोट संलग्न गरी परराष्ट्र मन्त्रालयले असोज १४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक कार्ययार्थ पठाएको थियो । थप विवरण माग संगै परराष्ट्र मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरे संगै भौतिक पूर्वाधार मन्त्रालयले सडक डिभिजन लाहान मार्फत आवश्यक अध्ययान सुरु गरेको छ ।
सडक डिभिजन लाहानका प्रमुख डिभिजन इन्जिनियर रामकुमार देवले उक्त सडकको विस्तृत अध्यान गरी पठाउनका लागि मन्त्रालयबाट परिपत्र भएको बताउनु भयो । उहाँले उक्त सडकमा कालोपत्रे तथा पुल निर्माणको लागि विस्तृत अध्यान गरेर चाडै मन्त्रालयमा आवश्यक विवरण पठाउने तयारी भएको समेत बताउनु भयो ।


गत अप्रिल १, २ र ३ मा प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणको क्रममा रहदाँ दुई पक्षिय भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भारत सरकार मार्फत गर्न सकिने सहयोग कार्यक्रम अन्तर्गत मोतिगडा फत्तेपुर रामपुर सडक र पुल निर्माणको बिषयलाई समावेश गर्नु भएको थियो ।
नेपालमा भारत सरकारको सहयोग मार्फत संचालनका लागि प्रस्ताव गरिएको प्रस्तावको ४६ नम्बर बुदामा महत्वपूर्ण प्रस्तावको रुपमा मोतिगडा–फत्तेपुर–रामपुर सडक र त्यस भित्र पर्ने १५ वटा पुल निर्माण गरिनु पर्ने र त्यसबाट स्थानिय गाउँ बस्ती तथा नागरिकहरु लाभान्वीत हुने समावेश गरिएको थियो ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको टोलीमा रहनु भएका परराष्ट्र मन्त्री डा. नारायण खड्काले दुई देशका प्रधानमन्त्रीको विचमा भएको भेटवार्तामा उक्त प्रस्ताव नयाँ योजनाको रुपमा समावेश गरिएको बताउनु भयो ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको विशेष निम्तोमा बुद्ध जयन्तीको अबसरमा लुम्विनी भ्रमणको लागि गएको १६ मे मा आउदा समेत दुई प्रधानमन्त्री विच भएको भेटवार्तामा पूर्वाधार विकास तर्फ भारतीय अनुदान साहयताको लागि उक्त प्रस्तावलाई विशेष प्राथमिक्ताको साथ राख्नु भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भयो ।
दुई देशका प्रधानमन्त्री विचको भेटवार्तामा नेपाल सरकारको तर्फबाट भारतीय अनुदान सहयोगका लागि गरिएका प्रस्तावहरु मध्य मोतिगडा–फत्तेपुर–रामपुर सडक तथा पुलले विशेष प्राथमिक्ता पाए संगै हाल भारत सरकारले सहयोगका लागि विस्तृत अध्यायन र आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्री डा. खड्काले बताउनु भयो ।
यता हाल मोतिगडा देखि १३ किलोमिटर सडक कालोपत्रेको कामको लागि गत आर्थिक बर्षमा ठेक्का लागेर चालु आर्थिक बर्ष देखि निर्माण प्रारम्भ सुरु हुने भएको छ । लाहान सडकका डिभिजन रामकुमार देवले हाल निर्माण हुन लागेको कालोपत्रे सरकारको बजेट तथा कार्यक्रममा समावेश भएको र भारतीय सहयोग मार्फत बैदेशिक सहयोग अनुदान प्राप्त भए सडकको बाकी खण्ड कालोपत्रे र पुल निर्माण गर्न सहज हुने बताउनु भयो ।
हाल निर्माण हुन लागेको १३ किलोमिटर सडक कालोपत्रेको लागि मैनाचुली साह रेग्मी जेभिले २८ करोड ४३ लाख ९४ हजार ९५ रुपैयामा ठेक्का सम्झौता भएर काम प्रारम्भ हुने भएको छ ।

Last updated:2022 Oct 18 Tuesday 15:54:48

प्रतिक्रिया
सम्बन्धित समाचार