उपाहार न्यूज
उदयपुर असोज २९
उदयपुरको वेलका नगरपालिका २ भागलपुरका स्थानिय विद्यार्थी तथा अभिभावकहरुले नेपाल एस्ट्रोनोमिकल सोसाईटी–नासोको आयोजनामा चन्द्रमा अवलोकन गरेका छन् । आवर भागलपुरको समन्वयमा स्थानिय तीन विद्यालयका विद्यार्थी तथा स्थानियहरुले चन्द्रमा अवोकनमा सहभागीता जनाएका थिए ।
कार्यक्रममा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धी विद्यार्थीहरुका जिज्ञासाहरु मेटाउने तथा खगोल सम्बन्धी अझै धेरै जानकारी पनि गराईएको थियो । यस प्रकारको पब्लिकली चन्द्रमा अवलोकन कार्यक्रम उदयपुर जिल्लामै प्रथम पटक सम्पन्न भएको हो । यस अघि सो स्थानका बालबालिकाहरुले छुद्र ग्रह खोज्ने कार्यमा समेत सहभागीता जनाएका थिए ।
यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरु माझ वैज्ञानिक सोच तथा विज्ञान तथा प्रविधी सम्बन्धी सोच विचारहरुको विजारोपण हुने तथा खगोल तथा अन्तरिक्ष विज्ञानको प्रवद्र्धन हुने कार्यक्रमका संयोजक शहदेव राईको विश्वास रहेको राखेका छन् ।




