Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

निर्वाचन आचारसंहिता कार्यान्वन गराउन जोड

  • उपहार न्यूज
  • बिहिबार, असोज २७ २०७९
निर्वाचन आचारसंहिता कार्यान्वन गराउन जोड

जयन्तीकला तामाङ
उदयपुर असोज २७
निर्वाचनको समयमा जारी हुने आचारसंहिता देशका मुख्य र जिम्मेवार दलहरुले उल्लघन गर्ने गरेकाले गम्भीरता पूर्वक कार्यान्वन गर्न जोड दिईएको छ । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियमहरु उल्लघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले बताएका छन् ।
उदयपुरमा जिल्ला निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको निर्वाचन आचारसंहिता २०७९ को बिषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रममा सहभागीहरुले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता कार्यान्वयन गर्न जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार, दल लगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा स्वतन्त्र उम्मेदवार कुमार खड्काले निर्वाचन आचारसंहिता स्वागत योग्य भए पनि साना दल र स्वतन्त्र उम्मेदवारले जरी इमान्दारीतापूर्वक ठूला राजनैतिक दलहरुले आचारसंहिता पालना नगर्ने गरेको बताउनु भयो । विगतका निर्वाचनमा पनि अचारसंहिता साना दललाई मात्रै लाग्यो ठूला दलले हजारौ मोटरको जुलुस, भोजभतेर गर्दा पनि नियन्त्रणको काम नभएको सचेत नेपाली पार्टीका उम्मेदवार हरि बहादुर बुढाथोकीले बताउनु भयो । कार्यक्रममा साहक निर्वाचन अधिकृत धन बहादुर कार्की, आचारसंहिता अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने बताउनु भयो । उहाँले निर्वाचन आचारसंहिता उल्लघन गर्ने दल र उम्मेदवारलाई सचेत गराउन आफुहरु लागी पर्ने साथै आचारसंहिता लागु गर्न जिल्लाका सबै संयन्त्र लागी पर्ने बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत बहादुर खड्काले निर्वाचनको समयमा पत्रकार तथा संचार माध्यमको अनुगमनका लागि बनाईएको संयन्त्र खारेजी गर्नु पर्ने माग राखेका थिए । अध्यक्ष खड्काले पत्रकरा तथा संचार माध्यमहरुलाई नियन्त्रण तथा नियमन गर्नका लागि प्रेस काउन्सील नेपाल रहेकाले सोहि निकायबाट अनुगमन हुनु पर्ने बताउनु भयो । अध्यक्ष खड्काले स्थानिय संचार माध्यमहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्यान्वन गर्नका लागि पत्रकार महासंघ उदयपुरले सहयोग पु¥याउने बताउनु भयो ।

Last updated:2022 Oct 13 Thursday 08:44:41

प्रतिक्रिया
सम्बन्धित समाचार