उपाहार न्यूज
उदयपुर असोज २७
उदयपुरमा गठबन्धनका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका ५ जनालाई नेपाली कांग्रेस उदयपुरले ५ बर्ष सम्मको लागि पार्टीको साधरण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार राई सहित ५ जनालाई नेपाली कांग्रेसले निस्काशन गरेको हो ।
राईले उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए, उम्मेदवारी फिर्ता गर्ने समय सम्म पनि उम्मेदवारी फिर्ता नलिए पछि राई सहित उनका समर्थक र प्रस्तावकलाई समेत पार्टीले निस्काशन गरेको छ । नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापती भिमचन्द्र राई द्धारा जारी विज्ञप्तीमा राईका समर्थक मिनकुमार दाहाल र प्रस्तावक लिलाराज अधिकारी लाई समेत पार्टीले निस्काशन गरेको छ ।
यता प्रदेश सभा १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका जय प्रसाद सुवेदी र उनका प्रस्तावक भरत कार्कीलाई पनि ५ बर्ष सम्मको लागि पार्टीबाट निस्काशन गरिएको छ । उनीहरुलाई कांग्रेस गठबन्धनका उम्मेदवारलाई असर पर्ने गरी उम्मेदवारी दिएको भन्दै कारवाहि स्वरुप पार्टीबाट निस्काशन गरिएको हो । नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहितको धारा ३४ (१) घ उल्लघन गरेकोमा धारा ३४ (४) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निस्काशन गरिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।
