उपाहार न्यूज
उदयपुर असोज २६
आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । गठनबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उदयपुर प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्याय र प्रदेश सभा २ (ख) का उम्मेदवार हेम दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्यायले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् । यता हेम दाहालले पनि गठबन्धनको मर्म र भावनालाई कदर गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।