Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मनोनयनको तयारी पुरा, २ लाख २८ हजार ९ सय ४६ मतदाता

  • उपहार न्यूज
  • आइतबार, असोज २३ २०७९
मनोनयनको तयारी पुरा, २ लाख २८ हजार ९ सय ४६ मतदाता

उपाहार न्यूज
उदयपुर असोज २२
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि आईतबार देशभर मनोनयन प्रक्रिया सम्पन्न हुने भएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा दुई स्थानमा छुट्टा छुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना भए संगै आवश्यक काम समेत सुरु भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिनु भयो ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को लागि जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र नम्बर २ को लागि कटारी स्थित उदयपुर उद्योग वाणिज्य संघको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
बिहीबार एक कार्यक्रमको अवसर पारेर उदयपुर उद्योग बाणिज्य संघ कटारीको भवनमा २ नं. निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नयाँ कार्यालयमा २ नं. निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला अदालतका फैसला कार्यान्वयन निर्देशक जीवनकुमार भण्डारीले बिहीबारबाटै कार्यभार सम्हालेका छन् । २ न. निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा २ (क) र (ख) को चुनावी गतिबिधि पनि गर्नुपर्ने जिम्मेवारी पाएको छ।
यता १ नं. निर्वाचन क्षेत्र र सो अन्तगर्त प्रदेशसभा १(क) र (ख)समेतको जिम्मेबारी पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति उदयपुरको भवनमा खुलेको छ । दशैंैंअघि नै खुलेको कार्यालयमा खुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले त्यसबेला नै कार्यभार सम्हालिसकेका छन् ।
उदयपुरमा यस पटकको निर्वाचनमा कुल दुई लाख २८ हजार ९ सय ४६ जना मतदाताले मतदान गर्न पाउने निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
बैशाख ३० गते स्थानिय तहको निर्वाचन भन्दा पछि उदयपुरमा महिला १ हजार ५ स्य ९८ र पुरुष ३ हजार २ सय १० गरी ५ हजार ८ सय ८ जना थप भएका हुन् ।
जिल्लामा कुल १ सय १ मतदान स्थलका २६४ मतदानकेन्द्र मार्फत मतदाताहरु सहभागी हुने छन् । उदयपुर प्रतिनिधि सभा १ मा एक लाख ३५ हजार ५ सय २५ जना मतदाता सहभागी हुने छन्, त्रियुगा, चौदण्डिगढी र वेलका नगरपालिका उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । त्यसैगरी उदयपुर १ (क) मा रहेको वेलका र चौदण्डिगढी नगरपालिका मा ७२ हजार ४४ मतदाता रहेका छन् । त्यसैगरी उदयपुर १ (ख) त्रियुगा नगरपालिकामा ६३ हजार चार सय ८१ मतदाता रहेका छन् ।
त्यसैगरी उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा ९३ हजार ४ सय २१ जना मतदाता रहेका छन्, यो क्षेत्रमा उदयपुरको कटारी नगरपालिका संगै रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका रहेको छ ।
कटारी नगरपालिका र ताप्ली गाउँपालिका मिलेर बनेको प्रदेश सभा २ (ख) मा ४३ हजार ३ सय ४७ र रौतामाई, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिका रहेको उदयपुर १ (क) मा ५० हजार ७४ मतदाता रहेको रहेका छन् ।

Last updated:2022 Oct 09 Sunday 02:23:05

प्रतिक्रिया
सम्बन्धित समाचार