Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यी हुन् उदयपुरमा गठबन्धन र एमालेका उम्मेदवार

  • उपहार न्यूज
  • आइतबार, असोज २३ २०७९
यी हुन् उदयपुरमा गठबन्धन र एमालेका उम्मेदवार

उपाहार न्यूज
उदयपुर असोज २२
आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि आईतबार मनोनयन दर्ता गरिदैछ । विशेषगरी देशभर लोकतान्त्रिक बाम गठबन्धन र एमाले सहितका विभिन्न दलको गठबन्धन विचमा प्रतिस्पर्धा हुने प्रष्ट देखिन्छ । उदयपुरमा मनोनयन दर्ताको अघिल्लो दिन सम्म उम्मेदवार टुंगो लगाउन कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धन र एमाले भित्र सकस परेको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट उदयपुरमा उदयपुर २ (ख) बाहेक सबै क्षेत्रमा सर्वसहमत उम्मेदवारको टुंगो लागेको छ । उदयपुर प्रतिनिधि सभा १ गठबन्धनबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्का र २ नम्बर क्षेत्रबाट एकिकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जग्गनाथ खतिवडा उम्मेदवार बन्ने पक्का भएको छ ।
यसैगरी उदयपुर १ (क) मा माओवादी केन्द्रले राजन किराती र १ (ख) मा नेपाली कांग्रेसले उदयपुर पार्टी सभापती हिमाल कार्कीलाई उम्मेदवार बनाउने भएको छ । यता उदयपुर २ (क) मा माओवादी केन्द्रले नारायण बुर्जा मगर लाई उम्मेदवार बनाउने भएको छ । यता २ (ख) मा नेपाली कांगे्रसका युवा नेता रामकुमार खत्री उम्मेदवार बन्ने भएका छन् ।
यता एमालेले प्रतिनिधि सभाको लागि उदयपुर १ बाट मञ्जु चौधरी २ नम्बर क्षेत्रबाट ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेबार बनाउने चर्चा चले पनि हाल अम्बर बहादर रायााझीले टिकट पाएको खबर प्राप्त भएको छ । यता उदयपुर १ (क) मा विमल कार्की १ (ख) मा इश्वरमणी राउत उता २ (क) मा देवराज राई र २ (ख) मा जीवनाथा दाहाललाई उम्मेवार बनाउने टुंगो लागेको एमालेले जनाएको छ ।
यता उदयपुर जिल्ला क्षेत्र नं १ (क) का लागि यस अघी ७ जना नेताहरु आकांक्षी रहेका थिए । उनिहरु सातै जनाले एक मतले सिफारिस भएका मध्य जोकोहीले पनि टिकाट पाएमा मान्य हुने अन्यथा स्विकार्य नहुने निर्णय गरेका छन् । माथिल्लो कमिटीले उक्त निर्णयको बेवास्था गर्दै सिफारिसनै नभएका ब्याक्तीलाई टिकट दिएको भन्दै उक्त निर्णय सच्याउन माथिल्लो कमिटीलाई अनुरोध गरेको छ । नेकपा एमाले निर्वाचन १ (क) समितिको बैठक बाट यस अघी जिल्ला बाट सिफारिस भएका ७ जना आकांक्षी मध्य पनि कुशलबाबु बस्नेतलाई सर्वसहमत उमेद्वार सिफारिस गर्ने निर्णय गरेको छ । उनिहरुले जिल्ला बाट सिफारिसनै नभएका नेता बिमल कार्कीलाई पार्टीले टिकट दिने निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन ।
यता समानुपातिक तर्फ नेपाली कांग्रेसले संघ तर्फ बन्दसुचीमा महेन्द्र प्रसाद चौधरी र नजबुल खान तथा प्रदेशमा मिरा कटुजाल र लिला राईको नाम समावेश गरेको छ । यता एमालेबाट गीता रेग्मी र सृजना दनुवारलाई प्रदेश तर्फ समानुपातिकको बन्द सूचीमा समावेश गरेको छ ।

Last updated:2022 Oct 09 Sunday 02:14:46

प्रतिक्रिया
सम्बन्धित समाचार