उदयपुर जिल्लामा २०७९ भाद्र १७ गते बेलका नगरपालिकाको मैनामैनीमा एकै परिवारको ३ जनाको विभत्स हत्या भयो उतm हत्याको दोषीलाई प्रहरीले २ घण्टामा नै पक्राउ गरी कार्यावाहीको दायरामा ल्याएको छ । समाजमा हुने यस्ता विभिन्न किसिमको सुरक्षा चुनौतीलाई प्रहरीहरुले अहम भुमिका खेल्दै जनता सामु आशा र भरोसा जगाई रहेको छ । हामी चाडपर्वको सँघारमा छौ निर्वाचन पनि नजिकिदै रहेको छ । उदयपुर जिल्लामा चाडवाड र निर्वाचन लक्षित सुरक्षा योजना कस्तो वनाइहेको छ ? यसै बिषयमा रहेर उपाहार न्यूजको लागि उपाहारकर्मी विश्वराज तामाङले जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयल संग गर्नु भएको संवादको सार यहाँ प्रस्तुत गरिएको छ ।
उपाहार न्यूज ः विशेष गरी उदयपुर जिल्लामा भखरै मात्र आउनु भएको छ उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था कस्तो पाउनु भयो ?
एसपी फुयल ः म उदयपुर जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यभार सम्हालेको करिव ढेड महिना जति भयो तुलनात्मक रुपमा तराईको जिल्ला भन्दा कम चुनौतीपुर्ण छन सम्वेदनशिलताको हिसावले भित्री मधेशको जिल्लामा पर्ने जिल्ला भएकोले उच्च पहाडी भुभाग र समतल भुभाग पनि छन फरक फरक खालको चुनौती पनि महसुस गरिएको छ ।
उपाहार न्यूज ः विगतमा यहा उदयपुर जिल्लामा काम गरि सक्नु भएको सुरक्षा सम्वेदनशिलताको हिसावले कसरी वर्गिकरण गर्नु भएको छ ?
एसपी फुयल ः विगतमा प्रहरी निरिक्षकको जिम्मेवारीमा कटारी इलाका प्रहरी कार्यालयमा १६ महिना काम गरि सकेको छु । दोहोरिएर जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा काम गर्ने मौका पाउदा गौरव महसुस गर्न पाएको छु । यहा आएर यसमा पहिले काम गर्दा पहिलेको वस्तु स्थिती र हालको अवस्थालाई तुलनात्मक अध्ययन गर्ने मौका पाएको छु र गौरव महसुस गरेको छु स्थानीय आवश्यकताको आधारमा सुरक्षा योजना वनाएर सुव्यवस्था गरि रहेको छु ।
उपाहार न्यूज ः उदयपुर जिल्लाको सुरक्षाको चुनौतीहरु केके छन ?
एसपी फुयल ः प्रविधिले सँसारलाई नजिकैको पहुच छन देश भरी घटने घटनाहरु एउटै प्रकृतिको छन् । उदयपुर जिल्लाको सन्दर्भमा लागु औषधको समस्या खास गरी उत्पादन सेवन विक्री वितरण ओसार पोसार विगत देखि पहिचान गरेको र यथावत रहेको छ । हाल सामाजिक अपराधको घटना घरेलु हिँसा वढदै गएको आत्महत्याको घटना भयवह भएको र आत्यहत्याको घटना न्युनिकरण गर्न सकिने भएकोले हाल हामी अध्ययनले पनि आत्महत्या न्युनिकरण गर्न सकिन्छ भन्ने हुदा आत्महत्या न्युनिकरणको लागी केहि सचेतनामुलक गतिविधि पनि गरि रहेको छ ।
उपाहार न्यूज ः उदयपुर जिल्लामा गाजा उत्पादन र लागु औषधको प्रयोगको नियन्त्रणमा सुरक्षा निकाय सरोकारवाला नागरिक समाज सवैले प्रयोग न्युनिकरणमा प्रयास गरेता पनि लागु औषध पुर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन यसमा के छ चुनौतीहरु ?
एसपी फुयल ः लागुऔषध उदयपुरको मात्र नभएर विश्वव्यापी समस्याको रुपमा पहिचान गरेको विषय हो हाल विश्वव्यापी रुपमा नै यसको अवस्था भयावह रहेको छ । उदयपुरको उत्तरी भेगमा विभिन्न विकट स्थानमा गाँजा खेती हुने गरेको थियो विगतमा मेरो नेतृत्व र सक्रियतामा धेरै क्षेत्रफलमा लगाएको अवैध गाजा खेतीहरु नष्ट गर्ने समेत काम गरेको अनुभव छ । हाल चेतनाको स्तर उठेको विभिन्न पालिकाको जनप्रतिनिधीहरुसँग वुझदा मानिसहरुले फरक वैज्ञानिक ढँगले खेती गर्ने र वाटो अवस्था राम्रो भएकोले किसान खाधन्न जन्य वस्तुहरु उत्पादन गरेको वस्तु सहज ढँगले आपुर्ती गर्न सक्ने अवस्था छ । हाल सो गाँजा खेतीको अवस्थामा कम छन भन्ने निर्वाचित जनप्रतिनिधीहरुसँग सम्पर्क र सहकार्य साथै प्रहरी मार्फत सूचना सँकलन गर्दा हाल सो खेतीमा कमि आएको छ । केहि उत्पादन भएको गाँजा नष्ट गर्ने योजना पनि रहेको छ । लागुऔषध भयावहको समस्या भएको छ । यसको नियन्त्रणको लागी मेरो विश्लेषणमा ४ आयामको क्षेत्रमा काम गर्नु पर्ने छ ।
१.गाजा अवैध खेती नियन्त्रण गर्ने प्रभावित क्षेत्रमा वैकल्पिक खेती प्रणालीको विकास गर्ने सोको लागी सरोकारवालासँग समेत वसेर वैकल्पिक व्यवस्था गर्ने
२ लागु औषधको माग नियन्त्रण
३ लागु औषधको आपुर्तीलाई नियन्त्रण गर्ने
४दुव्र्यसनीलाई नियन्त्रण गर्ने
उपाहार न्यूज ः आत्महत्या रोकथाम दिवस केहि दिन अगाडी मात्र मनाईएको छ ? उदयपुर जिल्लामा यस्को अबस्था कस्तो छ ? रोकथामको लागि के गरिनु पर्ला ?
एसपी फुयल ः आत्महत्या विश्वभरिको ठुलो समस्याको रुपमा पहिचान भएको छ । मानिसहरु महत्वकाक्षी भएको आम्दानीहरु सिमीत छ मानिसहरुको चाहना असिमित छन प्राप्ती सिमित हुदा मानिसहरु निराशा पर्छन विश्व भरीमा वार्षिक औषत ८ लाख मानिस आत्महत्या गर्छन नेपालको सन्दर्भमा पनि जटिल परिस्थिती छ विश्वको आत्महत्या गर्ने मुलुकमा नेपाल पनि २५वाट देशको सुचीमा नेपाल पनि पर्छ उदयपुर जिल्लाको अवस्था हेर्दा मासिक सरदर ८ जनाले आत्महत्या गरेर ज्यान गुमाउने गरेको पाइन्छ भने आत्महत्या प्रयास गर्नेको अवस्था २० गुणा वढि पाइन्छ । आत्महत्या प्रयास पछि वाचेको मानिसहरुको सँख्या पनि ठुलो छ ।
उपाहार न्यूज ः आत्महत्या गर्नुको के कारण हुन सक्छ
एसपी फुयल ः आत्महत्या र कारणहरुलाई सामाजिक रुपमा चर्चा गर्दा घरेलु हिँसा ,लागुऔषध दुव्र्यसनी ,गरिबी विभिन्न खालको विषयलाई हामी चर्चा गर्छौ तर त्यो चाहि पृष्ठभुमि मात्र हो खास कारण चाहि निरासा नै हो तर न्युरोजिकल हिसाव हेर्दा हर्मोनले मानिसलाई खुसी र दुखि हुन्छ मानिस खुसी हुदा डोपामिन हर्मोन उत्पादन भएको हुन्छ । भने मानिस दुखि हुदा एडेलाडिन हर्मोन उत्पादन भएको हुन्छ । मानिस यस्ता किसीमको हर्मोन उत्पादन हुदा व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्या गर्ने रहेछ । मानिस त्यहि परिस्थितीमा पनि सँघर्ष गरेर वाचेको हुन्छ भने मानिस परिस्थितिले भन्दा पनि मनस्थिती वलियो वनाउन सक्नु पर्छ र स्वयम आफनो ख्याल गर्नु पर्ने हुन्छ ।
उपाहार न्यूज ः हामी चाडपर्वको संघारमा छौ , चाडपर्व लक्षित प्रहरी सुरक्षा योजना कस्तो छ ?
एसपी फुयल ः हामी नेपालीहरुको महान चाड भनेको नै दशै र तिहार हो यस समयमा छरिएर वसेको परिवारको सदस्य भेला हुने परिवार सँग खुसि हुने प्रचलन छ मान्छेहरुको जति धेरै यात्रा गर्दछ सुरक्षा चुनौती पनि धेरै हुन्छन चाडपर्वमा अपराधिक घटना जस्तै चोरी ,झैझगडा ,हिँसा, लुटपाट, सवारी दुर्घटना पनि त्यति नै धेरै हुन्छ । विगत देखि नै अरु वेला भन्दा सुरक्षाको चुनौती चाडपर्वमा अलि धेरै हुन्छ । अपराध र दुर्घटना समस्यालाई न्युनिकरण गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना वनाएर हामीले कार्यान्वयन तहमा अगाडी वढेको छौ ।
उपाहार न्यूज ः चाडपर्व सँगै निर्वाचनको सँघारमा हुनुहुन्छ निर्वाचनको सुरक्षाको तयारी कस्तो छ ?
एसपी फुयल ः चाडपर्व लगतै निर्वाचनको लागी तयारीमा छौ निर्वाचन गराउनु राष्ट्रिय हिसावले अवसर हो भने चुनौती पनि हो । केन्द्रिय सुरक्षा निति अनुसार हामी काम गछौ । स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन हामी काम गर्नेछौ र थप सहयोगको लागी हामी निर्वाचन सम्पन्नको लागी म्यादी प्रहरी भर्नाको प्रक्रिया समेत अगाडी वढाएको छौ । केन्द्रले तोके अनुसारको म्यादी भर्ना गर्नेछौ ।
उपाहार न्यूज ः चाडपर्व र निर्वाचनले गर्दा अन्य समय भन्दा बढिनै सुरक्षा मजबुत बनाउनु पर्ने देखिन्छ, यो समयमा नागरिक र समाजको भुमिका के रहन सक्छ ?
एसपी फुयल ः चाडपर्व लगतै निर्वाचन सुरक्षा अरु वेला भन्दा अतिरितm सुरक्षा व्यवस्थापन गर्नु पर्ने भएकोले विशेष सुरक्षा योजना वनाएर कार्यान्वय गर्नु पर्ने छ । शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रहरीको मात्र होइन । समुदाय प्रहरी साझेदारीको पुरानो तर स्थायी अवधारणा प्रहरी भनेको वर्दि सहितको प्रहरी हो भने नागारिक विना बर्दिको प्रहरी हो भन्ने स्थायी अवधारणा भएकोले स्थानीयहरुसँग सहकार्य र स्थानिय तहसँग सहकार्य गर्दै हामले सुरक्षा योजना कार्यान्वयन गर्दा उदयपुर जिल्लामा आइपर्ने समस्यालाई सरल तरिकाले समाधान गरी सभ्य समाजको निर्माण गर्न सकिन्छ ।