उपाहार न्यूज
वेलका असोज १०
उदयपुरको वेलका नगरपालिका ५ सिखरमाडीमा स्थानिय ३२ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य रमेश विश्वकर्मा, नविन कार्की लगायतको सक्रियतामा कांग्रेस प्रवेश गरेका स्थानियलाई कांग्रेस नगर सभापती असोक कार्की, उप सभापती गोपाल माझी वडा सभापती दुर्गा बहादुर श्रेष्ठ लगायतले स्वागत गर्नु भएको थियो ।

कांग्रेस प्रवेश गर्नेहरुमा स्थानिय मोहन लाम्गादे, सफिरा लाम्गादे, सहरमान लाम्गादे, कमला लाम्गादे, सरु राई सुनुवार, सुलिा सेन्चुरी, भीम बहादुर लाम्गादे, दिलमाया लकान्द्री, पदम कालिकोटे, मनकुमारी कालिकोटे, हिरालाल बराइली, बल बहादुर गहतराज, मनमाया गहतराज, शंकर लाम्गादे, मदन लाम्गादे, मित्रमान लकान्द्री, आषिस लकान्द्री, रचना लकान्द्री, भावना लकान्द्री, डिक बहादुर लकान्द्री, रिता बराइली, रमेश बराल, दिल बहादुर रामदाम, प्रेमकुमारी सामदाम, धनमाया कालिकोटे, रोदन रामदाम, प्रविण विश्वकर्मा, धनमाया शंकर, तारा दुलाल र जीत बहादुर दुलाल रहेका छन् । पार्टी प्रवेश गरेका स्थानियलाई वेलका नगर सभापती असोक कार्कीले नेपाली कांग्रेस मुलुकको समृद्धिको लागि सधै लाग्ने पार्टी भएकाले स्थानिय नागरिकहरुको दुःख सुखमा सधै लागि पर्ने बताउनु भयो ।