विश्वराज तामाङ
उदयपुर असोज १०
साझ पर्न लागेको छ, घडि हेर्दा साझको ५ः०० भै सकेको छ उदयपुरको वेलका नगरपालिकाका नगर प्रमुख असोक कार्की हतारमा देखिन्छन् । उनी यो समय भन्दा अघि सम्म रामपुर बजारमा आयोजित एक कार्यक्रम सकेर सिखरमाडि तर्फ लागेका छन् ।
सिखरमाडि वेलका नगरपालिका वडा नम्बर ५ हो, हिउदको समयमा सुपाडेबाट नै सिखरमाडि जान सकिन्छ तर बर्खा भएको कारण गिदेरी खोलामा आउने बाढिले गर्दा आवात जावत गर्न समस्या छ । त्यसैले कार्की चौदण्डिगढी नगरपालिका ३ बसाह हुदै सिखरमाडि पुगेका छन् ।
सिखरमाडिमा झण्डै दुई दर्जन स्थानियहरु मेयर कार्कीको पर्खाईमा बसेको धेरै बेर भए छ, कार्की यस अघि सहभागी भएको कार्यक्रम निर्धारित समयमा सुरु नहुदाँ उनलाई सिखरमाडि पुग्न केहि घण्टा ढिलो भएको थियो । सबै संग अभिवादन गर्दै मेयर कार्कीले स्थानियलाई आफु ढिलो आएकोमा क्षमा माग्दै अभिवादनसाथ बस्ने अनुमति माग्दै नजिकैको मेचमा बस्न पुगे ।

मेयर कार्कीकै पर्खाइमा रहेका मध्यबाट एक जनाले नगर प्रमुखलाई कहिले काहि मात्रै आउने गरेकाले वेलावेलमा सिखरमाडि आई राख्न स्थानियको समस्या सुन्न गुनासो सहितको सुझाब राखे, क्रमश मेयरको पर्खाइमा रहेका अन्यले पनि स्थानिय समस्या राख्न सुरु गरे । स्थानिय दिनेश लकान्द्री, मदन कालिकोटे, नविन शंकरले किसानले मल नपाउने, विद्यालयको जिर्ण अबस्था, निर्वाचनको समयमा घोषणपत्रमा उल्लेख भएका प्रतिबद्धता, सामाजिक सुरक्षा भत्ताको बिषयमा चासो र गुनासो मेयर कार्की सामु राख्दै गए । नगर प्रमुख कार्कीले स्थानियको गुनासो र समस्यालाई सुन्दै स्थानिय समस्या सामाधानको लागि आफु प्रयासरत रहेको बताए । वेलका नगरपालिकाको भूगोल ठूलो भएकाले सबै क्षेत्रमा आफुले उपस्तिथी जनाउनु पर्ने भएका कारण, सधै गाउँमा आई राख्न नसके पनि स्थानिय समस्याको बारेमा आफुलाई अवगत भएको कुरा उनले व्यक्त गरे । सिखरमाडि आउदै गर्दा आफु छिमेकी नगरपालिका हुदै आएको कुरालाई जोड्दै सिखरमाडि देखि वेलकाको केन्द्र सम्म पुग्ने सडक र पुल निर्माणको लागि आफुले पहल संगै कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफु नगबासीको लागि शासक नभएर एक सेवक भएको भन्दै नगरबासीको हरेक समस्या आफ्नो भएकाले रातदिन नभनी जनताको सेवामा समर्पित भएको वताए ।
नगर प्रमुख कार्कीले वेलका नगरपालिकाको हरेक टोल बस्ती सम्म पुग्ने सडक निर्माण, घर घरमा स्वच्छ पिउने पानीको धारा, प्रत्येक घरमा बिजुली, बालबालिाकाको लागि गुणस्तरीय शिक्षाको लागि विद्यालय सुधार आफ्नो प्रमुख संकल्प रहेको स्थानियलाई बताए ।
सिखरमाडी सौभाग्यको ठाउँ हो रामपुर बजार पछिको ठूलो जनघनत्व भएको क्षेत्र सिखरमाडिलाई ग्रामिण बजारको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले राख्ने नगर प्रमुख कार्कीले स्थानिय संग प्रतिबद्धता दिए ।

नागरिकको स्थानिय माग र आवश्यक्ता नगरपालिकाको स्रोतले नभ्याए अन्य दातृ निकाय सम्म पुगेर माग गरेर पुरा गर्ने लक्ष्यका साथ लागि परेका छौ । नगरपालिकाले कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई एकजुट बनाएर अघि बढ्दै गएको कार्कीले बताए । उनले सिखरमाडिमा प्रहरीको अस्थायी सुरक्षा विट स्थापना, स्थानिय विद्यालयको स्तरउन्नती र किसानलाई सहज मल उपलब्ध गराउनको लागि आफु लागि पर्ने बताए ।
पछिल्लो समय देशभर प्रकोपको रुपमा देखा परेको डेंगु नियन्त्रणको लागि ६५ हजार बराबरको मेसिन खरिद गरेर नगरपालिकाको जोखिपूर्ण क्षेत्रहरुमा औषधि छर्कने काम सुरु गरेको बताए । स्थानिय संग आफ्नो कुरा राख्दै नगर प्रमुख कार्कीले मलाई शासक हैन सेवक बुझ्दिनुहोस् स्थानिय सरकार भनेको जनताले बोल्दा सुन्ने, जनताले हेर्दा देखिने र छाम्दा भेटिने स्थानिय सरकार बनाउन तल्लीन छौ भन्दै आफ्नो भनाई टुंग्याए ।