उपाहार न्यू
वेलका असोज १०
उदयपुरको वेलका नगरपालिकाबाट एफ.एम रेडियो प्रशारणमा आएको छ । वेलका नेटवर्क प्रा.लिले संचालनमा ल्याएको वेलका एफ.एम १००.९ मेघाहर्जको सोमबार एक कार्यक्रमका विच वेलका नगरपालिका नगर प्रमुख असोक कार्कीले उद्घाटन गर्नु भएको छ ।
स्थानिय स्तरमा ङसूचनाको पहुच बढाउनको लागि स्थापना गरिएको रेडियोको औपचारिक रुपमा सोमबारबाट उद्घाटन गरिएको संचालक समितिका अध्यक्ष महेन्द्र राईले जानकारी दिनु भयो । रेडियोको उद्घाटन समारोहमा नगर उपप्रमुख जिरा राई, एमाले वेलका अध्यक्ष गणेश बस्नेत, माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङ, प्रदेश सदस्य रमण भट्टराई, कांग्रेस नगर उपसभापती गोपाल माझी, वान महासचिव नविन राई, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, सचिव विश्वराज तामाङ, फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देवराज राई, पूर्णपुष्टि मिडियाका संचालक भोटराज राई, चौदण्डिगढी एफ.एमका संचालक सन्तोष रौनियार वेलकाका स्थानिय राजनैतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि, सुरक्षा निकायका प्रमुख, स्थानिय व्यवसायी, समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।
रेडियोमा सूचना तथा मनोरञ्जनात्मक सामाग्रीको प्रशारण संगै संचालनमा ल्याईएको रेडियो वेलका नगरपालिकाको पहिलो रेडियो बन्न पुगेको छ । स्थानिय नागरिकहरुको आवाज बन्नका लागि रेडियोले आफ्नो हरेक कार्यक्रमहरु नागरिकका अभिरुचीको पस्कने रेडियोका स्टेशन म्यानेजर प्रविण वान्तावा राईले जानकारी दिए ।वेलका एफ.एमको प्रशारण संगै उदयपुरमा एफ.एम रेडियोको संख्या ३ सामुदायीक र ६ व्यवसायीक सहित ९ पुगेको छ । उदयपुरको पहिलो एफ.एम रेडियो त्रियुगा त्रियुगा सदरमुकाम गाईघाटबाट प्रशारण हुने रेडियो हो । गाईघाबाट त्रियुगा संगै अमुर्त एफ.एम, उदयपुर एफ.एम र उपाहार एफ.एम प्रशारण हुदै आएको छ । उदयपुरको कटारीबाट युके एफ.एम र समावेशी एफ.एम प्रशारण हुदै आएको छ, यता चौदण्डिगढी नगरपालिकाको बेल्टारबाट रेडियो चौदण्डिगढी प्रशारण हुदै आएको छ ।