Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दृष्टिविहिन १० बालबालिकालाई प्रकृति प्रेमी समाजको सहयोग

  • उपहार न्यूज
  • शुक्रबार, असोज ७ २०७९
दृष्टिविहिन १० बालबालिकालाई प्रकृति प्रेमी समाजको सहयोग

उपाहार न्यूज
उदयपुर असोज ७
प्रकृति प्रेमी समाज उदयपुरले त्रियुगा नगरपालिका वडा नम्बर ७ स्थित जनज्योती माबि चुहाडे स्रोत केन्द्रमा अध्यारत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयको स्रोत केन्द्रमा अध्यानरत बालबालिकाहरुलाई प्रकृति प्रेमी समाजले ट्राकसुट, टिसर्ट र चप्पल वितरण गरेको हो । २०७६ सालमा गाईघाट स्थानिय व्यवसायी युवाहरुले गठन गरेको प्रकृति प्रेमी समुहले उदयपुरका विभिन्न स्थानमा वृक्ष्यारोपण, विभिन्न स्थानमा सहयोग, कपडा बैंक स्थापना लगायतका सामाजिक काम गर्दै आएको समाजका अध्यक्ष तथा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिनु भयो ।

Last updated:2022 Sep 23 Friday 06:15:24

प्रतिक्रिया
सम्बन्धित समाचार