Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेतृत्वले कसै प्रति विभेद गर्दैन ः सभापती कार्की

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २४ २०७९
नेतृत्वले कसै प्रति विभेद गर्दैन ः सभापती कार्की

उपाहार न्यूज
उदयपुर भाद्र २४
नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले नेपाली कांग्रेस उदयपुरको नेतृत्वले कसै प्रति पनि भेदभाव नराखी काम गर्ने बताउनु भएको छ । उहाँले शुक्रबार गाईघाटमा आयोजित १०९ औ विपि स्मृती दिवश तथा जनताको साथमा कांग्रेस अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको नेतृत्वले पार्टी फरक मत राख्दै आएका साथीहरुको समेत भावनालाई समेट्दै अघि बढ्ने बताउनु भयो । उहाँले यतिवेला प्रदेश तथा संघको निर्वाचनको लागि नेताहरु टिकटको दौडमा रहेकाले पार्टी केन्द्रबाट जो कसैको नाममा टिकट आए पनि कार्यकर्ताहरुलाई यो वा त्यो नभनी पार्टीको रुख छापमा मतदान गर्नका लागि गोलबन्द हुनु पर्ने बताउनु भयो ।


विपि स्मृती दिवशको अबसरमा नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जनताको साथमा कांग्रेस अभियानका लागि उदयपुरमा केन्द्रिय प्रतिनिधिको रुपमा आउनु भएका रुकमणी कोइरालाले नेपाली कांग्रेस भित्र एकताको आवश्यक्ता रहेको र आगामी निर्वाचनमा सोहि हिसाबले अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ का सम महामन्त्री विनोदकुमार बस्नेतले विपि कोइरालाले देखाएको बाटोमा कांग्रेस लाग्नु पर्ने बताउनु भयो । १०९ औ विपि स्मृती दिवश तथा जनताको साथमा कांग्रेस अभियानको शुक्रबार आयोजित कार्यक्रममा संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली कांग्रेस प्रदेश नम्बर १ का सदस्य केशव भट्टराई, गणेश परियार, नेपाली कांग्रेसका क्षेत्रीय सभापती खगेन्द्र राई, प्रदेश सभा सदस्य सन्जा दनुवार, शान्ता पौडेल, प्रदेश सभा १ (क) सभापती अर्जुन दाहाल १ (ख) का सभापती सरोज बस्नेत, प्रदेश सभा २ (क) का सभापती खेस बहादुर मगर, महिला संघका सभापती लिला राई, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, वेलका नगरपालिकाका प्रमुख तथा नगर सभापती असोक कार्की, पार्टीका प्रशिक्षण विभाग प्रमुख महेन्द्र राई, कांग्रेस नेता भोजराज खतिवडाले आफ्नो धारणा राख्नु भएको थियो ।

Last updated:2022 Sep 09 Friday 13:06:50

प्रतिक्रिया
सम्बन्धित समाचार