Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर प्रदेश १ (क) बाट मनोज तामाङ शसक्त दाबेदार

  • उपहार न्यूज
  • मंगलबार, भाद्र २१ २०७९
उदयपुर प्रदेश १ (क) बाट मनोज तामाङ शसक्त दाबेदार

उपाहार न्यूज
उदयपुर भाद्र २१
आसन्न प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि यतिवेला गठबन्धन दल तथा प्रतिपक्ष एमालेले आफ्नो उम्मेदवारको नाम प्रदेश तथा केन्द्रिय समितिलाई सिफारिस गर्न सुरु गरेको छ । उदयपुर दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचनको लागि आगामी मंसीर ४ गते निर्वाचन हुदै छ ।
प्रदेश सभा १ (क) मा यतिवेला माओवादी केन्द्रबाट युवा नेता मनोज तामाङको नाम प्रत्यक्ष तर्फ सिफारिस भए संगै स्थानिय युवाहरु उत्साहित भएका छन् । युवाहरु माझ लोकप्रिय युवा नेताको छबि बनाउन सफल भएका तामाङ २०७४ सालको स्थानिय तहको निर्वाचनमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष र २०७९ को निर्वाचनमा नगर उपप्रमुखको उम्मेदवार भएका थिए ।
नेकपा हुदा र हाल माओवादी केन्द्रको समेत वेलका नगर सभापती रहेका तामाङ आफु उम्मेदवार भए सहज जित हासिल गर्न सक्ने विश्वास रहेको बताउछन् । युवा नेता तामाङ संगै उदयपुर १ (क) बाट माओवादीले राजन किराती, मणि खम्बु र रमण भट्टराईको नाम समेत प्रदेश सभाको प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

 

Last updated:2022 Sep 06 Tuesday 13:51:30

प्रतिक्रिया
सम्बन्धित समाचार