Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

संघ र प्रदेशमा उदयपुर कांग्रेसबाट ११८ जनाको नाम सिफारिस (नामवली सहित)

  • उपहार न्यूज
  • आइतबार, भाद्र १९ २०७९
संघ र प्रदेशमा उदयपुर कांग्रेसबाट ११८ जनाको नाम सिफारिस (नामवली सहित)

उपाहार न्यूज
उदयपुर भाद्र १९
आगामी मंसीर ४ गते हुने प्रदेश तथा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस उदयपुरले संघ तथा प्रदेश सभाको लागि प्रत्यक्ष तथा समानुपाति तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस उदयपुरको शनिवार सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस उदयपुरले प्रतिनिधि सभामा उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ डा. नारायण खड्का, लक्ष्मी परियार, विदुर बस्नेत, प्रमिला राई, शान्तिदेवी चौधरी, अकुर खड्का, शुशिल सेढाई र डा. भागेन्द्र चौधरीको नाम सिफारिस गरेको छ । यता समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको हो ।
यता प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि प्रत्यक्ष तर्फ प्रमिला राई, सन्जिब थापा, ज्ञान बहादुर खड्का र ज्ञानेन्द्र खड्काको नामा सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का, हेरम्ब बहादुर थापा, त्रिभुवन दाहाल, ज्ञानकुमारुी गिरी र गडुल बहादुर सारु मगरको नाम सिफारिस गरेको छ ।
यता प्रदेश सभा १ (क) तर्फ प्रत्यक्षमा भोजराज खतिवडा, अर्जुन दाहाल र सुनिल राउतको नाम सिफारिस भएको छ । त्यसैगरी समानुपातिक तर्फ भास्कर चौधरी, नारायाण प्रसाद श्रेष्ठ, गोपाल माझी, महेन्द्र प्रसाद रौनियार, श्यामकुमार राई, लक्ष्मीकुमारी चौधरी, सिता राई, निर्मला बस्नेत, अमृता धमलाको नाम सिफारिस गरिएको छ । यता प्रदेश सभा १ (ख) तर्फ प्रत्यक्षमा हिमाल कार्की, सरोजकुमार बस्नेत, सन्जा दनुवार, मदनराज कटुवाल, देवीकुमारी चौधरी, सुजिता चौधरी र शिवकुमार कटुवालको नाम सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिक तर्फ भीमचन्द्र राई, ताराकुमारी राई, भीमबहादुर पुलामी मगर, महेन्द्रकुमार राई, चन्द्र बहादुर तामाङ, बिजयकुमार सिंह, विमला सुनुवार, अर्चना दनुवार, मिराहाङ वान्तावा, नविन राई, प्रमेकुमार राना, हृदयनारायण चौधरी, जयन्तीकला तामाङ, आनन्दवती चौधरी, सत्यनारायण चौधरी, परमिला चौधरी, शिवकुमारी चौधरी र शशीलामा कार्कीको नाम सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिक तर्फनै शद्रुल मिया, नजबुल खान, सहेना खातुन, सुमनसिंह परियार, कल्पना मोते, गणेश कार्कीढोली, इन्द्रनारायण शाह, गजेन्द्र मिश्र। विनोदकुमार बस्नेत, पुष्पराज पोख्रेल, परशुराम दाहाल, बसुदेव पोख्रेल, लक्ष्मण प्रसाद भट्टराई, नगेन्द्रकुमारी खत्री, रोजन कार्की र राधाकृष्ण तिमिल्सिनाको नाम सिफारिस गरिएको छ ।
यता प्रदेश सभा २ (क) मा प्रत्यक्ष तर्फ खेस बहादुर मगर, भेषराज थापामगर र महेन्द्र प्रसाद सिग्देलको नाम सिफारिस गरिएको छ । यता समानुपातिक तर्फ गोविन्द चाम्लिङ, विमाकुमारी राई, मदन बहादुर कटुवाल र मेघ बहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी २ (ख) मा प्रत्यक्ष तर्फ कृष्ण बहादुर श्रेष्ठ, चन्द्रदिप पौडेल, जन्मजय राई, दुर्गा बहादुर खपागी, प्रकास थापा, रामकुमार खत्री, रामकुमार राई, राम बहादुर पोख्रेल र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको छ । यता समानुपातिक तर्फ असोक श्रेष्ठ, जयबहादुर मोते, तुलसी परियार, डिक बहादुर ठकुरी, धन बहादुर दनुवार, बुद्धि बहादुर कट्टेल, भक्त रानामगर, साङदोर्जे तामाङ, चिनिमाया तामाङ, दिघादेवी अधिकारी, निर्मला ब्लोन, रामकुमारी शाह, रुक्जा राई र मिरा कटुवालको नाम सिफारिस गरिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।

Last updated:2022 Sep 04 Sunday 14:19:16

प्रतिक्रिया
सम्बन्धित समाचार