Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मैनामैनी हत्यामा संलग्न सार्वजनिक

  • उपहार न्यूज
  • आइतबार, भाद्र १९ २०७९
मैनामैनी हत्यामा संलग्न सार्वजनिक

उपाहार न्यूज
उदयपुर भाद्र १९
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटारमा एकै परिवारका तीन जनाको हत्यामा संलग्नलाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनामा संलग्न रहेका नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।
गत शुक्रबार वेलका ७ का स्थानिय ३७ बर्षिय राजकुमार बस्नेत उनका श्रीमती ३३ बर्षिय सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका नर बहादुर बस्नेतलाई प्रहरीले सोहि दिन पक्राउ गरेको थियो ।
घटना शुक्रबार दिउसो साडे ११ बजेको समयमा भए पछि प्रहरीलाई सोहि दिन ३ बजे घटनाको बिषयमा जानकारी प्राप्त भए संगै प्रहरीले छिमेकी जिल्लाका प्रहरी संग समेत समन्वय गरी घटनामा संलग्नको खोजी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले बताए ।
घटनमा संलग्न बस्नेतलाई बेलका नगरपालिका वडा नम्बर ६ स्थित वरबोटेबाट पक्राउ प्रहरीले पक्राउ गरे संगै थप अनुसन्धान सुरु गरेको थियो । खुकुरी प्रहार गरी तीन जनाको हत्यामा संलग्न नर बहादुर बस्नेतले आफुले उक्त हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए ।
पक्राउ परेका बस्नेतलाई आईतबार जिल्ला अदालत उदयपुरबाट ७ दिन प्रहरी हिरासतमा राख्न म्याद लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2022 Sep 04 Sunday 14:10:35

प्रतिक्रिया
सम्बन्धित समाचार