उपाहार न्यूज
उदयपुर भाद्र १८
उदयपुरको चौदण्डिगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज आचार्यलाई सम्मान सहित नगरपालिकाले विदाई गरेको छ । करिब दुई बर्ष सम्म प्रशासकीय प्रमुखको जिम्मेबारीमा रहेका आचार्यको सरुवा भए संगै नगरपालिकाले भव्य समारोहका विच उनको विदाई गरेको हो । प्रशासनिक दक्षतामा अब्बल रहेका आचार्य यस अघि किर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका थिए ।
आचार्यलाई नगर प्रमुख कालु लामा र उपप्रमुख मणिकादेवी दुलालले प्रशंसा पत्र सहित विदाई गरेका थिए । आचार्य संगै नगरपालिकाले कम्प्युटर अप्रेटर सविन उदासको बिदाइ गरेको छ । आचार्य संघिय सरकारको संचार मन्त्रालय सरुवा भएका हुन भने उदास जिल्ला प्रशासन कार्यालय खोटाङ सरुवा भएका हुन ।