Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बिसनपुर खैजनपुर झोलुङेपुलले जोडिने

  • उपहार न्यूज
  • बुधबार, भाद्र १५ २०७९
बिसनपुर खैजनपुर झोलुङेपुलले जोडिने

उपाहार न्यूज
उदयपुर भाद्र १५
त्रियुगा नगरपालिकाको वडा नम्बर २ को खैजनपुर र वडा नम्बर १२ को बिसनपुर जोड्न त्रियुगा नदिमा झोलुङेपुलले जोडिने भएको छ । बुधबार एक कार्यक्रमका विच शहरी विकास मन्त्रालय स्थानिय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजनको आयोजनामा परराष्ट्रमन्त्री डा. नारायाण खड्काले पुलको शिलन्यास गर्नु भएको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडालाई गाईघाट बजार सम्म आवत जावत गर्न सहजताको लागि त्रियुगा नदिमा झोलुङे पुल निर्माण गर्न लागिएको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा निर्माण हुन लागेको उक्त पुल दुई बर्ष भित्र निर्माण गर्ने गरी अनुसमान रुविना जेभिले ६ करोड ७९ लाख ९९ हजार तीन सय ५६ रुपैया १३ पैसामा निर्माणको जिम्मा पाएको छ । दुई बर्ष भित्र निर्माण सम्पन्न गरि सक्ने गरी शिलन्यास गरिएको पुलबाट २२१२ घरधुरीका १० हजार २ सय १८ नागरिकले प्रत्यक्ष लाभान्वीत हुने लक्ष्य राखिएको छ । पुलको शिलन्यास समारोहमा नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश नम्बर १ पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, उप प्रमुख तेज प्रसाद गिरी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई लगायत जनप्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

Last updated:2022 Aug 31 Wednesday 12:38:38

प्रतिक्रिया
सम्बन्धित समाचार