Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर १ (ख) मा कांग्रेसबाट प्रत्यक्षमा ७ समानुपातिकमा ३५ जनाको नाम सिफारिस

  • उपहार न्यूज
  • बुधबार, भाद्र १५ २०७९
उदयपुर १ (ख) मा कांग्रेसबाट प्रत्यक्षमा ७ समानुपातिकमा ३५ जनाको नाम सिफारिस

उपाहार न्यूज
उदयपुर भाद्र १५
आसन्न मंसीर ४ गते को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि यतिवेवला विभिन्न दलहरुमा उम्मेदवारको चर्चा सुरु भएको छ । उदयपुर प्रदेश सभा १ ख को लागि नेपाली कांग्रेस प्रत्यक्ष तर्फ ७ जना र समानुपातिक तर्फ ३५ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार नेपाली कांग्रेस प्रदेश सभा १ (ख) कार्य समितिको बैठकले प्रत्यक्ष तर्फ कांग्रेस उदयपुर सभापती तथा प्रदेश पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, प्रदेश सभापती सरोजकुमार बस्नेत, संजा दनुवार, मदनराज कटुवाल, देवीकुमारी चौधरी, सुजिता चौधरी र शिवकुमार कटुवालको नाम सिफारिस गरेको प्रदेश सभा १ (ख) सभापती सरोजकुमार बस्नेतले जानकारी दिए ।
यता समानुपातिक तर्फ ३५ जनाको नाम सिफारिस गरिएको छ, जस मध्य आदिवासी जनजाती तर्फ भिमचन्द्र राई, ताराकुमारी राई, भिमबहादुर पुलामी, महेन्द्र राई, चन्द्र बहादुर तामाङ, बिजयकुमार सिंह, विमला सुनुवार, अर्चना दनुवार, मिराहाङ वान्तावा, नविन राई, प्रेम रानामगर, जयन्तीकला तामाङ, हृदयनारायण राजधामी, आन्नदवती चौधरी, सत्यनारायण चौधरी, प्रमिला चौधरी, शिवकुमारी चौधरी र ससीलामा कार्कीको नाम सिफारिस गरिएको छ । त्यसैगरी खस आर्य तर्फ विनोदकुमार बस्नेत, पुष्पराज पोख्रेल, लक्ष्मण प्रसाद भट्टराई, प्रशुराम दाहाल, बासुदेव पोख्रेल, नगेन्द्रकुमारी खत्री, रोजन कार्की, राधाकृष्ण तिमिल्सीनाको नाम सिफारिस गरिएको छ । त्यसैगरी मुस्लीम तर्फ सद्रुल मिया, नजबुल खान र सहेना खातुन दलित तर्फ सुमनकुमार परियार, कल्पना मोते, गणेश बहादुर कार्कीढोली र अर्जुनकुमार सुन्दासको नाम सिफारिस गरिएको छ । त्यसैगरी मधेसी तर्फ इन्द्रनारायण शाह सोना र गजेन्द्र मिश्र को नाम सिफारिस गरिएको प्रदेश सभा सचिव फिरन खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार