Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि वजेट

  • उपहार न्यूज
  • आइतबार, भाद्र ५ २०७९
किसानमुखी कार्यक्रमका लागि १७ करोड बढि वजेट

उपाहार न्यूज
उदयपुर भाद्र ५
कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित जिल्लाका तीन कार्यालयले चालु आर्थिक बर्षमा किसानसँग सम्बन्धित १७ करोड ५७ लाख ६७ हजार वजेट खर्च गर्ने भएका छन्् ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आईतबार आयोजना गरेको गत बर्षको बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम सार्वजानिकिकरणमा उक्त वजेट स्वीकृति भएको जनाएका हुन् ।
स्वीकृत कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्रले चार शिर्षक अन्र्तगत संघ र प्रदेश सरकारको सहयोगमा २९ वटा उपशिर्षक भित्र रहेर क्रियाकलाप गरिने छ । कार्यालयले कृषि ज्ञान केन्द्र, कृषि विकास रणनीति अनुगमन तथा समन्वय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि संघ सशर्त कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
कार्यालय प्रमुख महेशकुमार चौधरीका अनुसार पुजिँगत, चालु, प्रदेश सरकार, संघीय सरकार वजेट गरी चार शिर्षकका विभिन्न उपशिर्षक गरी ४ करोड ९६ लाख ५२ हजार रुपैँया खर्च गरिने छ । कार्यालयलय रैथाने विउ संरक्षण, युवा, दलित, पीछडिएको समुदाय लक्षित कार्यक्रम, बाली विमा, व्लक विकास, विउ उत्पादन लगायतका शिर्षकमा खर्च गरिने उनले बताए ।
प्रमुख चौधरीका अनुसार अघिल्लो आवमा विनियोजन भएको ५ करोड ९४ लाख ८६ हजार वजेट मध्ये ५ करोड ३८ लाख १० हजार ८ सय रुपैँया खर्च भएको जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई कार्यालयले आव. ०७९÷८० मा विभिन्न शिर्षकमा गरी ४ करोड ४६ लाख ५ हजार रुपैँया खर्च गर्ने भएको छ ।
कार्यालय प्रमुख रामशोगारथ साहका अनुसार सुन्तला जात जोन, मसलावाली जाने र धान जोन (वहुवाली) अन्र्तगतका शिर्षकमा खर्च हुने छ । दश बर्षे परियोजना अन्र्तगत कार्यालयले कटारी नगरपालिका, रौतामाई, ताप्लि र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ५ सय ४३ हेक्टरमा सुन्तला जोन कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसैगरी बेलका, चौदण्डि, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, ताप्लि र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ५ सय ८३ हेक्टरमा मसलावाली जोन अन्र्तगत अदुवा, वेसार, कपुरकोट हलेदोलाई उत्पादनमा जोड दिएको छ । त्यस्तै बेलका नगरपालिकामा वहुवाली जोन अन्र्तगत धान, रंजित, स्वर्णसव, हर्दिनाथ, ठुलो मन्सुली, ललका, चनमचुर, स्थानीय, मकै, आलु लगायतका उब्जानमिा जोड दिएको उनले बताए ।
जोन कार्यक्रमको आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन, प्रविधि विकास र प्रचार, लागत घटाउने प्रविधि, भुमिको चक्लाबन्दी, कृषिमा व्यवसायिकिकरण र यान्त्रीकरण, वजारीकरण, प्रशोधन र नियमनमा प्राथामिकता दिएको उनले बताए ।
त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले आव २०७९÷८० मा ८ करोड २२ लाख ६८ हजार रुपैँया खर्च गर्ने भएको छ । उदयपुर र खोटाङ्ग दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पशुपालन तथा मत्स्य पालन कार्यक्रमअन्तर्गतका उक्त वजेट सञ्चालन गर्ने कार्यालय प्रमुख डाक्टर अजय साहले बताए ।
उनका अनुसार खासगरी पशुस्वास्थ्य सेवा अन्र्तगत स्वस्थकर उत्पादन, स्वास्थय सुधार, क्षति न्युनिकरण, रोग निदान, उपाचार, रोकथाम, नियन्त्रण पशु सेवा अन्र्तगत आयमुलक, आत्मनिर्भर, आयआर्जन तथा रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्दछ ।
कार्यालयले अघिल्लो आवमा विनियोजन भएको ८ करोड १५ लाख १० हजार वजेट मध्ये ७ करोड ८९ लाख ४७ हजार ८ सय १६ रुपैँया अर्थात ९७ दशमलव ३४ प्रतिशत प्रतिफल निकालेको हो । प्रमुख साहका अनुसार पशुपंक्षी उपचार सेवा, संक्रामक रोगको नियन्त्रण रोकथाम, रोग निदान, पशु स्वास्थ प्रमाणिकरण, रोगहरुको सर्भिलेन्स, पशुप्रजनन सेवा, पुर्वाधार विकास, वजारीकरण, पशुपंन्क्षीको आहाराको श्रोतकेन्द्रको स्थापना लगायतका क्रियाकलापमा आधारित कार्यक्रम रहेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले किसानलाई अधिकतम फाईदा पुग्ने गरी क्रियाकलाप बनाउन अनुरोध गरे । विगतका कार्यक्रम तुलनात्मकरुपमा प्रभावकारी देखिएकाले त्यसलाई निरन्तरता दिँदै थप कार्यक्रम संचालन गरिनु पर्ने बताए । उनीहरुले वास्तविक किसानलाई पुग्ने गरी स्थलगत अनुगमनपछि मात्र अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे ।

Last updated:2022 Aug 21 Sunday 13:25:30

प्रतिक्रिया
सम्बन्धित समाचार