उपाहार न्यूज
उदयपुर श्रावण २८
आदिवासी जनजाती महासंघ त्रियुगा नगर समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । २८ औ विश्व आदिवासी दिवशको अबसरमा आयोजित तेस्रो नगर अधिवेशनले उपेन्द्र तामाङको नेतृत्वमा १४ सदस्यीय कार्य समिति सर्वसहमत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भरतराज दनुवार, सुर्यलाल माझी सचिवमा विनोद चौधरी, सह सचिवमा योगमाया शेर्पा, मनमाया भुजेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमित्रा राई सदस्यहरुमा भुपाल लिम्बु, रविन गुरुङ, सरिता हायु, कमल बोट, निर्मला मगर, दिल कुमार सुनुवार र बधन श्रेष्ठ चयन भएका छन् ।