उपाहार न्यूज
उदयपुर श्रावण १४
किशोर किशोरीहरुको वढ्दो मनोसामाजिक असरलाई न्युनिकरण गर्न सदरमुकाम गाईघाटमा आधारभूत मनोसामाजिक स्यहार तथा सहयोग सम्बन्धि पाँच दिने तालिमको आयोजना गरिएको छ ।
जाल्पा एकिकृत विकास समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी तथा रौतामाई गाउँपालिकाको समन्वयमा गाउँपालिकाका विभिन्न क्षेत्रका तीस जनालाई तालिमको आयोजना गरिएको छ ।
शुक्रबारबाट सुरु भएको तालिममा गाउँपालिका भित्रका नमुना बिद्यालय, सामाजिक परिचालक, गाउँपालिकाका सामाजिक शाखा प्रमुख, स्वास्थ्यकर्मी र किशोर किशोरी समुहका सदस्यहरुको उपस्थिति रहेको छ ।
तालिममा किशोर किशोरीको मनोविज्ञानलाई कसरी व्यवहारमा उतार्ने, मनोसामाजिक स्वास्थ्य समस्या भनेको के हो, यसको कसरी उपचार हुन्छ र कहाँ रेफर गर्ने लगायतका बिषयमा सिपमा आधारित अभ्यास गराई प्रशिक्षित गराईने संस्थाका सचिब केशव रायमाझीले बताए ।
उनले सामना परियोजनाले अगिंकार गरेको उपेक्षा, दुव्र्यवहार, विभेद, हिंसा र वालविवाह विरुद्धको व्यवस्थापनका लागि किशोर किशोरीहरुको सशक्तिकरणका लागि टेवा पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
संस्थाका कोषाध्यक्ष सुमन परियारले तालिमले किशोर किशोरीहरुको मनोसामाजिक असर न्युनिकरण, संरक्षण, शारिरीक र मानासिक तनाव व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले किशोर किशोरीको उमेरमा आर्इृपर्ने समस्याको पहिचान र समाधानलाई चित्रण गर्दै रुपान्तरण गर्न तालिमले सहयोग पुग्ने बताए ।
तलिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले तालिमको औचित्य पुष्टि गर्न व्यवहारिक जीवन उपयोगी शिक्षा आवश्यक पर्ने हुदा सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गरे । उनले अधिकार खोज्दै जाँदा कर्तव्य बिर्षने सबैमा रहेको हुदा अधिकार र कर्तव्यलाई संगसँगै लैजाने आग्रह गरे ।
उपाध्यक्ष भुपेन्द्र थापाले सामाजिक दायित्व र कर्तव्य निर्वाह गर्न आग्रह गरे । उनले जति धेरै कार्यक्रमहरु भएका छन उत्तिनै विकृतिहरु पनि वढ्दै गएकाले विकृति अन्त्य हुने गरी गतिविधि गर्न आग्रह गरे ।
परियोजना अन्र्तगत गाउँपालिकामा १० देखि १९ बर्ष उमेर समुहका तीस जनाको सहभागितामा २३ वटा समुह गठन भएका छन् ।सबै समुहमा शनिबार दुई घण्टा रुपान्तरण सम्बन्धि कक्षा सञ्चालन हुने गरेको कार्यक्रम संयोजक गेसबहादुर आलेमगरले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका अध्यक्ष सृजना पौड्ेल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बबिता परियार र बालबालिका प्रतिनिधि टेकेन्द्र कार्कीले बोलेका थिए ।