Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कर्मचारीले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र, उपप्रमुख सहित १५ कार्यपालिका सदस्य कर्मचारीको पक्षमा

  • उपहार न्यूज
  • सोमबार, साउन २ २०७९
कर्मचारीले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र, उपप्रमुख सहित १५ कार्यपालिका सदस्य कर्मचारीको पक्षमा

उपाहार न्यूज
उदयपुर साउन २
त्रियुगा नगरपालिकामा नगर प्रमुखको एकल निर्णयले ५९ जना कर्मचारीको म्याद थप नगर्ने सूचना जारी भए पछि आन्दोलनरत कर्मचारीले नगर प्रमुख बस्नतकुमार बस्नेतलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् । असार ३१ गते त्रियुगा नगरपालिकाले नगर प्रमुख स्तरको निर्णय भन्दै आईतबार देखि पत्रकार सम्मेलन गदै चरणबद्ध आन्दोलन घोषणा गरेका कर्मचारीहरुले आईतबार उप प्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल तथा कर्मचारी संबद्ध विभिन्न संघ संगठनहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।
सोमबार नगर प्रमुख बसन्तकुमार बस्नेत सहित विभिन्न राजनैतिक दलहरुलाई कर्मचारीहरुले ज्ञापनपत्र बुझाउदै असार ३१ को निर्णय फिर्ता गराउन माग राखेका थिए ।
आफुहरु पुनरवाहाली हुनु पर्ने माग राख्दै आन्दोलनरत कर्मचारीहरुलाई नगर उपप्रमुख महेश्वरी राई सहित १५ जना कार्यपालिका सदस्यहरुले संवोधन गर्दै कर्मचारीको माग प्रति आफुहरु सकरात्मक रहेको बताएका थिए । नगर उपप्रमुख महेश्वरी राईले नगर प्रमुखले एकल ढंगले कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको बताउनु भयो । उहाँले विधि र विधानलाई मिचेर कार्यपालिकामा यस बिषयमा छलफलनै नगरी अबैधानिक हिसाबले गरिएको कदम आफुहरु अनविज्ञ रहेको बताउनु भयो ।
उहाँले नगरपालिकाको व्यायभार नै कम गर्ने हो भने करार सेवाका कर्मचारी थप गर्ने तथा हटाउने समेत मापदण्ड रहेकोले मापदण्डको आधारमा काम हुनु पर्ने बताउनु भयो । तर नगर प्रमुखले एकल ढंगले गरेको निर्णय स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले आफु न्यायीक समितिको संयोजक रहेको र आफ्नै समितिको कर्मचारी समेत परामर्श बेगर म्याद थप नगर्ने निर्णय गर्दा न्यायीक समितिको काम प्रभावित भैरहेको बताउनु भयो । नगर उपप्रमुख राईले नगर प्रमुखबाट भएको एकल निर्णय कार्यपालिका बैठकमा छलफल गरेर टुंगोमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राईले जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्षनै कर्मचारीहरुले त्रासदिपूर्ण समय गुजार्नु पर्ने अबस्था नगरपालिकाको लागि सुखद नहुने बताउनु भयो ।


उहाँले संघिय सरकारबाट बजेट प्राप्त गरेर कार्यरत कर्मचारीहरुलाई समेत अबैधानिक हिसाबले पदच्युत गरिनु न्यायपूर्ण नभएको बताउनु भयो । वडाअध्यक्ष राईले करार सेवाका कर्मचारीहरुलाई व्ययभार बढि भएमा हटाउने विधि र प्रक्रिया भए पनि नगर प्रमुखले उक्त विधि र प्रक्रियालाई मिचेको औल्याउदै कार्यपालिका बैठकबाट यो बिषयलाई निकास दिनु पर्ने बताउनु भयो ।
वडा नम्बर २ का वडाअध्यक्ष घमानसिह खत्रीले नगरपालिकामा कुनै पनि आर्थिक भार नहुने गरी नगर सभाले बजेट व्यवस्था गरि सकेको अबस्थामा यसरी लुकाएर निर्णय गरिनु राम्रो पक्ष नभएको बताउनु भयो । कार्यपालिका सदस्य डिल्लीशेर राईले नगरको नगर सभा सम्पन्न गरेर कार्यान्वनको लागि लाग्ने समयमा कर्मचारीको बिषयलाई लिएर गरिएको कदमले नगरमा अशान्ति सृजना हुने बताउनु भयो । नगर सभामानै यस किसिमको बिषयलाई सार्वजनिक छलफलको बिषय बनाईनु पर्ने थियो तर गरिएन कर्मचारीहरुलाई फेरी काममा फर्किनको लागि आफुहरु कुनै पनि कसुर बाकी नराख्ने राईले बताउनु भयो ।
कर्मचारी संगको संबोधनमा वडा नम्बर ६ को अध्यक्ष योगेन्द्रराज दाहाल, ७ को वडा अध्यक्ष अम्बर बहादुर दनुवार, वडा नम्बर १० को वडा अध्यक्ष किरन पाण्डे, वडा नम्बर १४ को हिमराज मगर, वडा नम्बर १५ का वडा अध्यक्ष गणेश तिम्सिना, वडा नम्बर १६ को मान बहादुर राई कार्यपालिका सदस्यहरु विमल किराती, डिल्लेशेर राई, सुनिता गमजेर, रेणुक श्रेष्ठ, गिता उप्रेती, कुन्ती परियार लगायतले आफुहरु कर्मचारीको माग प्रति प्रतिबद्ध रहेको बताएका थिए ।

Last updated:2022 Jul 18 Monday 16:31:52

प्रतिक्रिया
सम्बन्धित समाचार