उपाहार न्यूज
उदयपुर असार २१
प्राईम लाईफ इन्सुरेन्स कम्पनीले उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित खाटमन्दिर आधारभुत विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग सहयोग गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको विशेष पहलमा विद्यालयमा अध्यारत ३३० जना बालबालिकाको लागि प्राइम लाइफ इन्सुरेन्सले स्कुल व्याग सहयोग गरेको हो ।
मंगलबार एक कार्यक्रमका विच परराष्ट्र मन्त्री डा. नारायण खड्का तथा प्राइम लाईफ इन्सुरेन्सका सिईओ मनोजकुमार भट्टराईले बालबालिकाहरुलाई स्कुल व्याग लगायत आर्थिक सहयोग गरेको हो ।
इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत बालबालिकालाई स्कुल व्याग संगै विद्यालयमा निर्माणधिन भवनलाई सघाउ पु¥याउनको लागि भन्दै तीन लाख रुपैया समेत सहयोग हस्ताणतरन गरेको छ ।
इन्सुरेन्स कम्पनीद्धारा गरिएको यस किसिमको सहयोगले विद्यालयमा केहि थप हौसला मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धब काफ्लेले बताउनु भयो । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्नो गृह वडा भए पनि विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले विद्यालयमा शैक्षिक गुणस्तरबृद्धिको लागि आगामी दिनमा आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । उहाँले सहयोग गर्ने प्राइम लाईफ इन्सुरेन्सलाई समेत धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा प्राइम लाइफ इन्सुरेन्सका सिईओ मनोजकुमार भट्टराईले जीवन विमा कम्पनीले जसरी आर्थिक सुरक्षाको जोड दिएको हुन्छ त्यसरीनै शिक्षा स्वास्थ्य जस्तो विषय समेत संवेदनशिल भएकोले कम्पनीको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सहयोग गरिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार राउतले खाटमन्दिर विद्यालयले हाल सम्म यस किसिमको सहयोग प्राप्त गर्न नसकेको र यसरी प्राप्त सहयोगनै पहिलो भएको बताउनु भयो । उहाँले विद्यालयमा सिमित भौतिक संरचना र सिमित दरबन्दीका शिक्षक शिक्षिकाबाट विद्यालय संचालन गर्नु पर्ने बाध्यता र चुनौती रहेको बताउनु भयो । राउतले विद्यालय संचालनमा चुनौती भए पनि विद्यालयको शैक्षिक गुणस्तर भने निजि बिद्यालय भन्दा कम नभएकोले आगामी दिनमा पनि विभिन्न क्षेत्रको सहयोगको अपेक्षा राख्नु भयो ।
कार्यक्रममा प्राइम लाईफ इन्सुरेन्स्का नायब महाप्रबन्धक चिरायु राजमण्डारी कम्पनीका अधिकृतहरु मन्दील अधिकारी, हरि बहादुर खड्का, लक्षण ज्ञवाली लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता तथा उपस्तिथी रहेको थियो ।