उपाहार न्यूज
उदयपुर असार १३
उदयपुरको ताप्ली गाउँपालिकाकोले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि कुल ४० करोड एक लाख नौ हजार पाँच सय साठी रुपैयाको बजेट कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेसनबाट ताप्ली गाउँपालिकाको आ.ब. २०७९/०८० को बजेट नीती तथा कार्यक्रमका गाउँपालिकाका उपाध्यक्ष धनामाया मगरले आ.ब २०७९/०८० को अनुमानित ४,००,०१,०९,५६० ( चालिस करोड एक लाख नौ हजार पाँच सय साठी मात्र ।)को बजेट बक्तव्यका साथ आर्थिक ऐन २०७९ तथा विनियोजन ऐन २०७९ समेत प्रस्ताव पेश गर्नु भएकोमा सर्वसम्मत पास भएको छ ।
गाउँ सभामा पालिका अध्यक्ष ढुंगराज विकले आगामी आर्थिक बर्षको लागि पालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकामा राष्ट्रिय विद्युत प्रशारण सुविधा,शिक्षा,स्वास्थ्य, कृषिमा प्राथमिकता दिइ नीति कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकामा करार सेवामा रहेका गाउँ शिक्षकहरुको तथा स्वास्थ्य स्वयम सेविकाहरुको तलब सुविधामा पनि वृद्धि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनु भयो ।
स्थानिय स्वायत्त शासन ऐन २०५५ बमोजिम नियुक्त भइ गाउँपालिकामा सेवारत रहि अवकास हुने कर्मचारीहरुको अवकास हुदाँ पाउने सेवा सुविधाहरुको सुनिश्चित गर्न कर्मचारी अवकास कोषको स्थापना यसै आ.ब बाट गरिने भएको छ ।