Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सशस्त्र प्रहरीद्धारा अबैध सुर्ती बरामद

  • उपहार न्यूज
  • आइतबार, असार १२ २०७९
सशस्त्र प्रहरीद्धारा अबैध सुर्ती बरामद

उपाहार न्यूज
कटारी असार १२
सशस्त्र प्रहरी बल कटारीले अवैध सुर्ती बरामद गरेको छ। काकरभिट्टा बाट कटारी आउदै गरेको मे।१ ख १७५२ नम्बरको यात्रु बाहक बसमा शंका लागी चेकजाच गर्दा अबैध सुर्ती फेला परेको हो। ८० हजार मुल्य बराबरको ४ सय केजि अवैध सुर्ती बरामद गरि सुनसरि भन्सार कार्यलय सेतुवन्धुमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतले बताए। यात्रु बाहक बसमा शंका लागेर चेक गर्दा डिकि र छतमा लुकाएर ल्याएको फेला परे पछि बरामद गरेको निरीक्षक बस्नेतले जानकारी दिए।
सशस्त्र प्रहरी कटारीका सशस्त्र प्रहरी हवल्दार कृष्ण बहादुर खत्रीको कमान्डमा रहेकोको टोलीमा प्रहरी हवल्दार डिल्लिराम राई ,धन बहादुर थापा मगर र सशस्त्र प्रहरी जवान मनोज राउतको टोलिले कटारी ३ को गुम्बा डाडा बाट १० बोरा सुर्ती बरामद गरेको हो।

Last updated:2022 Jun 26 Sunday 15:35:26

प्रतिक्रिया
सम्बन्धित समाचार